प्रेश यूनियन म्याग्दी को अध्यक्षमा राकेश शर्मा
म्याग्दी असोज १५, सरिता तिम्सिना पगेनी
नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् । उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष गणेश गुरूङ चयन भए । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार थकाली,सम्झना राम्जाली, अनिल पौडेल र सुजता खत्री चयन भएका छन् ।
। अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले उद्घाटन गरे । उनले सरकारले दुईतिहाईको दम्भ देखाएर स्वतन्त्र न्यायपालिका र सञ्चारमाध्यममा आतंक मच्चाइरहेको आरोप लगाए। नवनिर्वाचत अध्यक्ष शर्माले जिल्लामा क्रियाशिल प्रेस आवद्ध संघसंस्थासंग आवश्यक सहकार्य गरी अगाडी बढ्ने बताए । उनले प्रेस यूनियनले जिल्लाका सबै स्थानीय तहमा समेत आफ्नो सञ्जाल विस्तार गदैं ग्रामिण क्षेत्रमा रहेका सम्भावनालाई प्रचारप्रसार सहित पत्रकारितमा आर्कषण गर्ने गरी तालिम सञ्चालन गरिने बताए । उनले स्थानीय तहमा आवद्ध कर्मचारीले विज्ञापन एजेन्सीको भूमिका निर्वाह गदैं जिल्लामै आवद्ध रहेका पत्रकार कार्यरत सञ्चारमाध्यमा एजेन्सी मार्फत विज्ञापन पठाउने गरेको बताउँदै खवरदारी गरिने बताए
अधिवेशनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, पूर्व सांसद रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, प्रेस युनियनका केन्द्रीय सदस्यद्वय श्रीकान्त पौडेल, दिलिप पौडेल, तरुण दलका जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतम, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रीको अध्यक्षता, केन्द्रीय पार्षद हरिकृष्ण गौतमको स्वागत र जिल्ला सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।
लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन पाइदैन , नेता केसी
म्याग्दी, असोज १५ सरिता तिम्सिना पगेनी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले लोकतन्त्रमा प्रेसमाथि अंकुश लगाउन नपाइने बताएका छन । आइतबार नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
सरकारले पत्रकारको अधिकारमा हस्तक्षेप गरेको भन्दै उनले विभिन्न विचारमा आस्था राखे पनि पत्रकारहरु आफ्नो पेशागत सुरक्षा र हक अधिकारका लागि एक भएर अगाडि बढ्नुपर्ने मा जोड दिए। उनले राजनीति नभनी पेशागत रुपमा एक हुन पत्रकारलाई आग्रह गरे । लोकतन्त्र प्राप्तिका लागि सञ्चार जगत्ले ठूलो योगदान गरेको भन्दै उनले ,लोकतन्त्रमा कसैमाथि नियन्त्रण गर्न नहुने बताए ।
नेता केसीले व्यक्ति स्वतन्त्रता, उसको अभिव्यक्ति स्वतन्त्रता, जीवनको सुरक्षा र संरक्षण लोकतन्त्र भएको जिकिर गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सोच्नुपर्ने बताए । उनले लोकतन्त्र भनेको वाद, प्रतिवाद र संवादको प्रक्रिया भएको बताउँदै पत्रकारिताको स्वतन्त्रताका लागि नेपाली कांग्रेस सधैं लागिपर्ने बताएका थिए । हालै लागू भएको मुलुकी ऐनमा समावेश देवानी संहिताले पत्रकारलाई पनि नियन्त्रणमा राख्न खोजेको हुँदा संशोधनका लागि पहल गर्नुपर्ने बताए ।
पूर्वमन्त्री समेत रहेका केसीले पछिल्लो समय देशैभर महिला हिंसा र बलात्कारका घटनाहरु बढ्दै गैरहेको अवस्थामा शान्तिसुरक्षा कमजोर रहेको बताउँदै निर्मला पन्त बलात्कार र हत्याको छानबिन आयोगले तयार गरेको प्रतिवेदन सार्वजनिक नहुनुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, बढ्को महङ्गी र स्थानीय सरकारले लगाएको करले जनताको ढाड सेकेको भन्दै उनले वर्तमान सरकारको कडा आलोचना गरेका थिए । लोकतान्त्रिक प्रक्रियामा हारजित भैरहने हुँदा आगामी पाँच वर्षपछि नेपाली कांग्रेसले चुनावमा जित हासिल गर्ने उनको भनाइ छ ।
नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजाले पत्रकारले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने बताउँदै पत्रकारिताको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल प्रेस युनियनका उपाध्यक्ष रमेश पौडेलले देवानी संहिताको विरुद्धमा पत्रकार महासंघ आन्दोलनमा उत्रिएकाले यसलाई सच्याउनुपर्ने बताएका छन् ।
कार्यक्रममा पूर्व सांसद रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, प्रेस युनियनका केन्द्रीय सदस्यद्वय श्रीकान्त पौडेल, दिलिप पौडेल, तरुण दलका जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतम, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
। यसैबीच अधिवेशनको अवसरमा परोपकारी पत्रकारितामार्फत जिल्लाको सामाजिक क्षेत्रमा योगदान पु¥याएको भन्दै म्याग्दीका क्रियाशिल पत्रकार हरिकृष्ण गौतमलाई प्रेस युनियन पत्रकारिता पुरस्कार–२०७५ बाट सम्मान गरिएको छ ।
सोही अवसरमा म्याग्दीको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित भरालेका सुकुम्वासी सीता बानियाँको परिवारलाई नगद ३१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । हाल पोर्चुगलमा रहेका नेपाली कांग्रेस जनसम्पर्क समितिका प्रथम उपाध्यक्ष वकिल केसीले २५ हजार र तिलक घिमिरेले उपलब्ध गराएको ६ हजार रुपैयाँ सहयोग गरिएको प्रेस युनियनले जनाएको छ । कार्यक्रम नेपाल प्रेस युनियन म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रीको अध्यक्षता, केन्द्रीय पार्षद हरिकृष्ण गौतमको स्वागत र जिल्ला सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो चितवन टाइगर्स विजयी शुरुवात
पोखरा, १४ असोज . नेपाल भलिबल सङ्घ र भारतको आधिअवाधी फाउन्डेसनको आयोजनामा आजदेखि यहाँ महिला भलिबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा चितवन टाइगर्स विजयी भएको छ ।
लिग चरणको पहिलो खेलमा चितवनले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको सो खेलमा चितवनले आर्मीविरुद्ध २५–२१, २५–१३ र २५–२२ अङ्कको जित निकालेको हो ।
यही असोज १७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा न्यू डायमण्ड, चितवन टाइगर्स, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र पोखरा पिङ्केजको सहभागिता रहेको नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु छ लाख, उपविजेताले रु तीन लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर तथा रु ५० हजार पुरस्कार दिइनेछ ।
एशिया कप भारतसँग नेपाल पराजित
काठमाडाँै, १४ असोज । एशिया कप क्रिकेटको पहिलो खेलमा नेपालको यू–१९ क्रिकेट टोली पराजित भएको छ । नेपाल भारतसँग १७१ रनले हारेको हो ।
बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो । नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र बनाउन सक्यो । भारतका लागि यशभी जयसवालले एक सय ४ रन, सिमरन सिंहले ८२, आयुश बदोनीले ३३ तथा देवदत्त पादीक्कलले ३० रन बनाए । बलिङतर्फ नेपालका लागि भीम सार्कीले चार तथा रशिद खानले दुई विकेट लिए ।
ब्याटिङतर्फ नेपालका लागि कप्तान मोहमद आशिफ शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २० र रवीन्द्र शाहीले १६ र रवि साहले ११ रन बनाए । बलिङतर्फ भारतका सिद्धार्थ देसाई र हर्ष त्यागीले तीन÷तीन विकेट लिए
नेपालले अब दोस्रो खेल यही असोज १५ गते अफगानिस्तानसँग तथा १६ गते युनाइटेड अरब इमिरेटस् (युएइ)सँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।