आस्था साकोसमा कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला

‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ कमला र दीपेन्द्रलाई अर्पण

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् ।
फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताए ।
उनले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राखे ।
प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

यस्तै पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको स्मरण गरे ।
उनले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताए । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, उनले भने, ‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’
अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताइन् । ‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भनिन्, ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’
पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुप्मा कार्यरत छन् भने, रानामगर नवलपुर टाइम्सका सम्पादक हुन् ।
यस्तै सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मान अर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राखे । उनले पछिल्लो समय पत्रकारिताले आफ्नो बाटो बिराएको बताउदै चिन्ता व्यक्त गरे । उनले आवाजविहीनका आवाज नभई पत्रकारिताले सिंहदबार र आवाज हुनेहरुलाई मात्रै बोकेको टिप्पणी गरे ।
यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउदै नागरिकलाई झुक्याउन नहुने बताए । ‘पत्रकारिता समाजको ऐना हो त्यसैले यसले जे हो त्यही देखाउनुपर्छ । झुक्याउनु हुँदैन,’ उनले भने ।

अक्षयकोषमा यस वर्षपनि थपियो राशी, पुग्यो १० लाख
अक्षयकोषमा यसवर्षपनि नगद राशी थपिएको छ । फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।
५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव गुरुङले बताए । उनका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ ।
यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।
सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ, कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका शुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।
सोही कार्यक्रमको अवसरमा तत्कालिन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याएको भन्द्र वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई सम्मान अर्पण गरिएको थियो ।
यस्तै मिस मगर नेपाल २०२३ का विजेता विनु थापामगर, फस्र्ट रनरअप दिवा पाइजा मगर, सेकेन्ड रनरअप कविता थापामगर, थर्ड रनरअप दिक्षा थापामगर र म्यूअर्स च्वाइस उमा पुनमगरलाई सम्मान अर्पण गरिएको थियो ।
सो कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गण्डकीका महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प छैन – शिक्षा मन्त्री भट्टराई

पाेखरा ।  शिक्षा तथा विज्ञान प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तर सुधार्नुको विकल्प नरहेको बताउनुभएको छ। मन्त्री भट्टराईले लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य बोकेको त्रिभुवन विश्वविद्यालयको सेवा र गुणस्तरको बारेमा बेला बेलामा प्रश्न उठ्ने गरेको तर्फ इङ्गित गर्दै, मन्त्री भट्टराईले कुनै गुनासो न आउने गरि कार्यसम्पादनको स्तरमा सुधार ल्याउने अल्पकालीन र दीर्घकालीन रणनीति तय गरिने बताउनुभयो।

भट्टराईले उक्त कुरा त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एसोसिएसन नेपालको पाँचौं साधारण सभाको उद्घाटन गर्दै बताउनुभयो। राज्यका हरेक नीति र राजनीति नेतृत्व गर्ने हुँदा, हरेक निकायलाई राजनीति मार्फत निर्माण हुने नीति प्रधान बनाउनेतर्फ ध्यान दिन सरोकारवाला निकायलाई क्रियाशील बनाउने उल्लेख गर्नुभयो। हामी शैक्षिक गुणस्तर वृद्धिका लागि स्पष्ट कार्ययोजना सहित अघि बढ्ने छौं भन्दै सरोकारवाला सबै निकायहरूलाई केही समय भित्र गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादनको परिणाम देखिने गरी काम गर्न मन्त्री भट्टराईले आग्रह गर्नुभयो।

अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा पत्रकार खेलाडी र व्यवसायीलाई पाेखरामा सम्मान

पाेखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ काे अवसरमा राष्ट्रिय युवा परिषद्काे आयाेजना र रिटर्नी माइग्रेट नेपालकाे समन्वयमा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएकाे छ।

रिटर्नी माइग्रेट नेपालकाे स्थापना दिवसमा परिषद्काे आयाेजनामा सफल न्युज डटकमका कार्यकारी सम्पादक एंव प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरी, पत्रकार रामजी प्रसाद लम्साल, खेलाडी एंव पाेखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गाेदार, खेलाडी एंव महानगर खेलकुद विकास समितिका सदस्यसचिव सुभाष खड्का, खेलाडीहरु विशाल बस्नेत, सिद्धान्त अधिकारी, कृपा गुरुङ र रचना कुमारी चाैधरी, व्यवसायीहरु ईश्वर केसी, बुद्धि सुवेदी, रमेश भण्डारी, दुर्गा प्रसाद आचार्य, शाेभाखर अधिकारीलाई सम्मान गरेकाे हाे ।

सम्मानित सबैलाई गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, रटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेला, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, केन्द्रीय सल्लाहकार चन्दबहादुर राेका, कार्यक्रम संयाेजक तथा गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले दाेसल्ला, अविर र सम्मानपत्र सहित सम्मान गरे ।

सम्मान कार्यक्रमपछि बाेल्दै प्रदेशसभा सदस्य भीम कार्कीले देशमा राजनीति अस्थिरता रहेकाे र त्यसले जनतामा निराशा पैदा गरेकाे बताउदै राजनीतिक स्थायित्व, अर्थतन्त्रमा देखिएकाे संकट, भष्टाचार नियन्त्रण र समाजमा भएका विकृति विसंगतिलाई अन्त्य का लागि काँग्रेस एमालेकाे सरकार बनेकाे बताए । उनले अप्ठ्यारोमा परेको अर्थतन्त्र, देशलाई निकास, विकृति विसंगति सुधार, भष्टाचार र अर्थतन्त्रमा आशाकाे संचारका लागि सरकारले काम गर्ने बताए । उनले रिटनीहरुका समस्यालाई समाधान गर्न आफ्नो तर्फबाट भुमिका खेल्ने कार्कीले बताए । राेजगारीका लागि विदेशमा बसेर आएकाहरुकाे सीप र ज्ञानलाई स्वदेशमा उपयाेग गर्ने, उनीहरूका समस्या समाधान गर्ने र सबैलाई समेटेर लैजाने उदेश्यले साझा संस्थाका रुपमा गठन गरिएकाे कास्की अध्यक्ष अमृत प्रसाद बास्तोलाले बताए ।

कार्यक्रममा रिटर्नी माइग्रेट नेपालका केन्द्रीय सल्लाहकार चन्द बहादुर राेका, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमल्सेना पंगेनि, सम्मानितका तर्फबाट संस्थापक अध्यक्ष बुद्धि प्रसाद सुवेदी, दिपकबहादुर गाेदार,रिटनी फेडेरेसन नेपाल गण्डकी प्रदेश अध्यक्ष प्रमिला बराल,एशिया मानव अधिकार मञ्चका मनबहादुर थापा, रिटनी सेन्टर नेपाल केन्द्रीय सदस्य चुडामणि अधिकारी, उपाध्यक्ष दुर्गा प्रसाद आचार्य लगायतले बाेलेका थिए ।

कार्यक्रम रिटर्नी माइग्रेट नेपाल कास्कीका अध्यक्ष अमृत प्रसाद बास्ताेलाकाे अध्यक्षतामा र कार्यक्रम संयाेजन रिटर्नी गण्डकी प्रदेश सदस्य विष्णुबहादुर केसीले गरेका थिए ।रिटर्नी माइग्रेट नेपाल कास्कीका सचिव रमेश त्रिपाठीले कार्यक्रम संचालन गरेका थिए।