शिक्षा मन्त्री भट्टराइ र जापानी राजदूत बीच भेट्बार्ता

पोखरामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरू

 

पोखरा । पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन शुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने वताए ।

धार्मिक तथा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको बिकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समिति संग साथमा रहेर सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे ।

स्थानीय निकायहरु संग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने समेत मन्त्री थापाले प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा वोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमहरुले दुखलाई भुल्याउन सहयोग पु¥याउने वताए ।

त्यस्तै पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७,८,९,६,१७ नम्बर वडाका प्रमुख धार्मिक स्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सम्पूर्णले चासो दिनुपर्नेमा जोड दिदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैया प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज, बृन्दावन धाम डांडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी  पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतले वोलेका बोलेका थिए ।

श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण बरालले गरेका थिए ।

सो अवसरमा धर्मप्रचारिका जमुना माता र बाइजुराज महिला समितिका अध्यक्ष विष्णु पराजुली, युवा परिषदका अध्यक्ष विजय बजगाइ लगायत समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।

 

श्रावण १० देखी भदौ १० सम्म आयोजना हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजले प्रवचन प्रदान गर्नेछन  । भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिनेछन ।

हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।

 

अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

पोखरा । अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेश र स्वालम्बन जीवनपद्धति केन्द्र पोखराले मस्यौदा गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुु कुमार थापालाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले बनाउन लागेको अपाङ्गता सम्बन्धी ऐनलाई प्रभावकारी बनाउन मस्यौदा सहायकसिद्ध हुुने बताए । “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन निर्माणमा स्वालम्बन जीवनपद्धति केन्द्र पोखरा र राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशले तयार पारेको मस्यौदाले प्रदेश सरकारलाई सहयोग मिल्नेमा आशावादी छु ।”, उनले भने । उनले मस्यौदामा अपाङ्गता भएको व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका विषयलाई समेटेर मस्यौदा तयार पारिएको हुँदा प्रभावकारी हुने उल्लेख गरे ।

तयार पारिएको मस्यौदालाई थप परिमार्जित गरी अगाडि बढाइने प्रतिबद्धता समेत मन्त्री थापाको छ ।

उपसभामुख बिना थापाले सबै अपाङ्गता व्यक्तिहरुको अधिकार सुुनिश्चित हुने गरि मस्यौदा तयार भएको बताइन् । राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्माले स्थानीय तह र प्रदेश सरकारले अपाङ्गता भएको व्यक्तिको दायित्वलाई बोध गर्ने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकारका विषयलाई मस्यौदामा उल्लेख गरिएको बताए ।

स्वालम्बन जीवनपद्धति केन्द्र पोखराका अध्यक्ष हेम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सांसद देखि सरोकारवालाहरुको उपस्थिति थियो ।

पोखरा आदर्श सेकेन्डरी स्कुलमा अभिमुखीकरण कार्यक्रम

पाेखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो ।

कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संचालक तथा प्राध्यापक  शिव  त्रिपाठीले  विद्यार्थीलाई समयको महत्त्व बुझेर एउटा असल नागरिक बन्नुपर्ने बताए  ।

कार्यक्रममा  सहजकर्ता  भक्तराज रसाइलीले विद्यार्थीहरुले सफल जीवन कसरी जिउने? आफ्नो लक्ष्य प्राप्तिमा कसरी पुग्ने ?  भन्ने सवालमा  सहजीकरण गरेका थिए ।

कार्यक्रममा गुरुङ चलचित्रका महानायक एवम् नृत्य प्रशिक्षक  तारा बहादुर गुरुङले देशभक्तिपूर्ण भावनाले भरिएको  गीतमा आफ्नो कुशल नृत्य प्रदर्शन गर्दै भरपुर मनोरञ्जन प्रदान गराए।

विद्यालयका प्राचार्य  फणिन्द्र प्रसाद अधिकारीले विद्यालयको समग्र शैक्षिक अवस्थाका बारेमा सारगर्भित धारणा व्यक्त गरे।

फिस्टेल माउन्टेन कलेजका बजार व्यवस्थापक  राजु लामिछानेले होटेल व्यवस्थापनसम्बन्धी परामर्श गराएका थिए।

राष्ट्रिय लोक तथा  दोहोरी गीत प्रतिष्ठान नेपाल , गण्डकी प्रदेशका सचिब लोकदोहोरी कलाकार  रामजी पौडेलले उपस्थित सम्पूर्णलाई गीत गाएरै  छमछम नचाए।

कार्यक्रममा विद्यालयका कोर्डिनेटर  बलराम सुवेदीले विद्यार्थीहरुले विद्यालयभित्र पालना गर्नु पर्ने नीति नियमका सन्दर्भमा  प्रकाश पार्दै विद्यार्थीहरुको  आचार सहिताका बारेमा प्रष्ट पारे।

कार्यक्रममा  नेपाली भाषा शिक्षक  ज्योति चालिसेले स्वागत मन्तव्य राखेकी थिइन् भने कक्षा १२ का विद्यार्थीद्वय ऋचा अधिकारी र प्रदीप सुनारले कक्षा ११ का विद्यार्थीहरुलाई  शुभकामना दिए ।

कार्यक्रममा कक्षा ११ का छात्राद्वय सजिना गुरुङ र मुना गुरुङले सामुहिक नृत्य प्रस्तुत गरे।

माउन्ट भ्याली कलेजका क्याम्पस प्रमुख एवम् विद्यालयका संचालक  नारायण न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन विद्यालयका सह प्राचार्य  ज्ञानेश्वर सुवेदीले गरेका थिए ।

कार्यक्रममा बिज्ञान , व्यवस्थापन तथा होटेल व्यवस्थापनका विद्यार्थीलाई अभिमुखीकरण गरिएको थियो।