पोखरा महानगरपालिकाद्धारा चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहन रकम प्रदान
बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने मन्त्री भट्टराईको पहिलो निर्णय
काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पहिलो निर्णय बिद्यालय पोषण दिवा खाजालाइ स्थानिय उत्पादन संग जोड्ने निर्णय लाई सदर गरेकी छन ।
मन्त्री भट्टराईले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्नका लागि अध्ययन गर्न समिति गठन गरेकी छन् ।
पदभार ग्रहण गर्दै प्रारम्भिक बाल विकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
शिक्षा मन्त्रालयका साथै कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय र योजना आयोगका प्रतिनिधिहरू सहभागी हुने समितिले स्थानीय कृषि उत्पादनलाई दिवा खाजामा जोड्न राष्ट्रिय प्रारूप तयार गर्नेछ ।
सामाजिक कथामा आधारित सिनेमा ईश्वर साउन ११ गतेबाट रिलिज हुने
पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण पक्षले जानकारी गराएको छ । सोमबार पोखरामा चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दे निर्माता हरि थापाले ईश्वर सामाजिक कथामा आधारित भएको बताए ।
“ईश्वर समाजको कथा हो । समाजमा भएका वेथिति विरुद्धको आवाज ईश्वरले बोल्छ । प्रहरी प्रशासनमा देखिएका समस्यालाई उजागर गर्ने पात्रको भूमिकालाई प्रस्तुत गरएको छ ।”, उनले भने । सिनेमाको कथा मन परेकाले लगानी गरेको भनाई उनको छ ।
सिनेमामा निर्माताको रुपमा निरन्तरता दिने प्रतिबद्धता समेत उनले गरेका छन् । सिनेमाले दर्शकको मन छुनेमा उनी आशावादी देखिन्छन् ।
माओत्से गुरुङले अन्याय र अत्याचारको विरुद्धमा लाग्ने प्रहरीको विषयमा सिनेमा माध्यम उल्लेख गरिएको बताए । सिनेमामा उनी भूपूूआर्मीको भूमिकामा देखिएका छन् ।
नायिका कृष्टी गुुरुङले ईश्वर आफ्ना लागि सिनेमा क्षेत्रमा कडीको रुपमा साबित हुने बताइन् । उनी आफ्नो भूमिकामा आशावादी छिन् ।
दिव्याकंगना फिल्मको प्रस्तुतीमा निर्माण भएको सिनेमाको पत्रकार सम्मेलन चपस कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सह—सचिव शंकर तिवारीले गरेका थिए ।
विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे
पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मतले पास
पहिरोमा परी मृत्यु भएकाको परिवारलाई जिल्ला प्रशासन कास्कीबाट राहत प्रदान
कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले गत असार २७ गते राति पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी मृत्यु भएकाहरूको परिवारलाई आइतबार राहत रकम प्रदान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मृतकहरूको स्थायी घर रुपा गाउँपालिका-२ पेलुङ्गा पुगेर राहत प्रदान गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले पोखरा महानगरपालिका-३२ चैनपुरस्थित बाह्रबीसेमा पहिरोमा परी मृत्यु भएका १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुष्का ओझाका परिवारलाई रु. तीन लाख साथै सोही घटनामा परी मृत्यु भएका नौ वर्षीय प्रतीक सुवेदीको परिवारलाई रु. दुई लाख प्रदान गर्नुभयाे ।
अनिता र अनुष्काका बुबा शिवराज ओझा र प्रतिकका बुबा पुष्पराज सुवेदीले राहत रकम बुझ्नुभएको थियो ।
नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले पाेखरा पाेष्टलाइ जानकारी दिनुभयाे । राहत बितरणामा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, रुपा-२ का वडाध्यक्ष राजन सुवेदी लगायत स्थानीय समाजसेबीकाे सहभागिता रहेकाे थियाे।
पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन
कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित
पाेखरा । तमु धिं नेपालका संस्थापक अध्यक्ष कर्म तमुद्धारा वैवाहिक वर्ष गाठको अवसरमा स्थापित तथा फोनिज कास्की मार्फत सञ्चालित कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार खेम सारु मगर सम्मानित हुनुभएको छ ।फोनिज कास्कीको आयोजनामा शनिबार पोखरा, नयाँबजार स्थित तमु धिंमा भएको ‘कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार (२०८१) अपर्ण कार्यक्रम मार्फत फेटा, भांग्रा, प्रमाणपत्र र नगद सहित, प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ र कर्म तमुले मगरलाई सम्मान गर्नुभएको हो ।मगर रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरा मालेपाटनमा विगत तीन दशकदेखि कार्यरत हुनुहुन्छ ।सम्मानित पछि बोल्नुहुँदै, सारु मगरले पुरस्कारले थप जिम्मेवारी र उर्जा मिलेको बताउनुभयो । उहाँका बारे, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दिपेन्द्र श्रेष्ठले बोल्नुभएको थियो।उक्त अवसरमा बोल्नुहु्दै गण्डकी प्रदेश सभा सदस्य गुरुङले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजका लागि प्रदेशका मु्ख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्यविनेटबाट पास गरीसकेको सुनाउनुभयो । यसको ऐन बनाएर सुरुवात गर्न मात्र बाकी रहेको पनि बताउनुहु्ँदै, गुरुङले आगामी दिनमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रदेशको तथ्यांक अनुसार मगरहरु १८ र गुरुङहरु ९ प्रतिशतले मात्रृ भाषा बोल्दै आएका छन् ।कार्यक्रममा तमु धिंका संस्थापक अध्याक्ष कर्म तमु र फोनिजका संघिय सल्लाहकार हुम बहादुर तमुले समग्रह आदिबासी जनजातिको अधिकारका लागि जस्ताको तस्तै, निश्पक्ष रुपमा कलम चलाउने विश्वास व्यक्त गर्नुभयो ।फोनिज कास्कीका अध्यक्ष पञ्च सुब्बा (दिल प्रसाद) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य विना कुमारी थापा मगरले राख्नुभएको थियो भने, सचिव शुशिल श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।यस अघि पत्रकारहरु रिता गुरुङ, तिलक पुन मगर, हर्क आले मगर, राज बहादुर गुरुङ, शान्ति गुरुङ, एम.बि. आस्था मगर, हुम बहादुर गुरुङ, उदय बहादुर अमात्य, रुद्र श्रीस मगर, दीपेन्द्र श्रेष्ठ यस पुरस्कारबाट सम्मानित भैसक्नुभएको छ ।
आज गण्डकी कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना
पाेखरा ।आज केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले अाइतबार बिहान जारी गरेकाे मौसम बुलेटिनमा जनाइएकाे छ ।
महाशाखाले बिहान मौसम बुलेटिन जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सचेत गराएको छ ।
आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ :मन्त्री थापा
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चिततामा प्रदेश सरकारको चाँसो रहेको बताएका छन् । नेपाल अपाङ्गता संघ कास्की र राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजना र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गण्डकीको सहयोगमा भएको स्वास्थ्य तथा सहायक सामग्री वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध छ । सम्बन्धित संघसंस्थासँग समन्वय गर्दै अगाडि बढनेछौं ।”, उनले भने । मन्त्री थापाले अपाङगता भएका नागरिकको क्षमता अभिवृद्धि, सीप विकास र रोजगारी सिर्जनामा प्रदेश सरकार लागिरहेको बताए । त्यसका लागि आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उनको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई सीप विकास तालिम दिलाई उनीहरुबाट उत्पादित वस्तुको बजारीकरणमा समेत प्रदेश सरकारले सहयोग गर्ने उनले उल्लेख गरे ।
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अधिकृत राममणी ढुंगानाले अपाङ्गता भएका व्यक्तिहरुको समस्या प्रकृति अनुसार फरक रहेको र आगामी दिनमा समन्वयका आधारमा कार्यक्रम तय गरिने बताए ।
राष्ट्रिय शारीरिक अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष जगन्नाथ सुवेदीले प्रदेश सरकारबाट उपलब्ध भएको सहयोग सामग्रीले ठूलो राहत मिल्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिहरुलाई आयआर्जनमा जोड्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकतालाई औंल्याए ।
पोखरा महानगरपालिका अन्तर्गत नगर संजालका अध्यक्ष गंगा बहादुर खड्काले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गरेका छन् । अपाङ्गता भएका व्यक्तिहरुले पाउनुपर्ने सुविधा नपाएको गुनासो गर्दै यसमा निर्मम भएर लाग्न उनले प्रदेश सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा अपाङ्गता भएका व्यत्तिहरुलाई व्हीलचियर, मेडिकल सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रम नेपाल अपाङ्गता संघ कास्कीका अध्यक्ष विष्णु सिग्देलको अध्यक्षतामा सम्पन्न भएको थियो ।