कोरोना संक्रमण जुनसुकै उमेरको व्यक्तिलाई सर्न सक्छ: डा. रवीन्द्र पाण्डे
नेपालगंजमा ७ बर्षिय बालिकालाई कोरोना संक्रमण देखिएपछि धेरै अभिभावक चिन्तित हुनुभएको छ | हामीले के बुझ्नु पर्दछ भने कोरोना संक्रमण जुनसुकै उमेरको व्यक्तिलाई सर्न सक्छ | सरसफाई, पोषिलो खाना तथा समयमा निदान भयो भने बालबालिकालाई संक्रमण हुँदैमा आत्तिनु पर्ने अवस्था छैन |
कोरोना संक्रमणको विश्वब्यापी ट्रेन्ड हेर्ने हो भने बालबालिकाको मृत्युदर नगन्य छ | युनिसेफ तथा WHO ले संक्रमण बालबालिकालाई पनि सर्न सक्ने तर बालबालिका जोखिम बर्गमा नरहेको बताएका छन् |
जेष्ठ नागरिक, मुटु / फोक्सो / किड्नीका दीर्घबिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, स्टेरोइड सेवन गरिरहेका व्यक्ति तथा इम्युनो डिफिसिएन्सी कन्डिसन भएका व्यक्ति जोखिम बर्गमा पर्दछन् |
तसर्थ संक्रमण हुनु र जोखिम हुनु फरक कुरा हुन् | आफ्ना बालबालिकालाई पोषिलो खाना खुवाउने, हात धुने लगायतको सरसफाइमा ध्यान दिने, घरभित्रै राख्ने, होम ट्युसन नराख्ने, सकभर घरभित्र पनि जोखिम बर्गसंग भौतिक दुरी बढाउने गर्नु उपयुक्त हुन्छ |
नारायणी अस्पताललाई पुनःउपचार शुरु गर्न माग
राहुल गुप्ता, वीरगंज ।
नेपाली कांग्रेस पर्साले आइतबार वीरगंज स्थित नारायणी अस्पताललाई पुनः शुरु गर्न माग गरेको छ नेपाली कांग्रेस पर्साले नारायणी अस्पतालमा जनताको उपचार सुरु गर्न मांग गर्दै लकडाउनको नियमको साथै सामाजिक दुरी कायम गर्दै वीरगंजमा प्रदर्शन समेत गरेको हो ।
मालपोत कार्यालय अगाडीको रोड देखी विर्ता मन्दिर सम्मको रोडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । लकडाउनमा पनि भएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिहरुले विभिन्न नारा लेखिएको प्ले कार्ड सहित नारायणी अस्पताललाई पुनः सुचारु गरी उपचार सुरु गर्न माग गरेका हुन्।एक घण्टा जति भएको प्रदर्शनमा सहभागिहरुले नारायणी अस्पतालाई कोरोना मुक्त गराऔ, कोरोना अस्पतालको लागि वैकल्पिक व्यवस्था होस्, नारायणी अस्पताललाई जोगाऔ, कोरोना अस्पतालाको अन्त कही व्यवस्था होस, नारायणी अस्पतालमा जनताको उपचार पुनः सुरु होस् भन्ने नारा लेखिएको प्ले कार्ड बोकी प्रदर्शन गरेका थिए।
सो प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, प्रदेश सभासद ओमप्रकाश शर्मा, नेता राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री, जिल्ला सचिव श्याम पटेल, जीपी फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुद्दिन, राजु गुप्ता बिकेश पटेलको लगायतको सहभागिता रहेको थियो ।
नेपालगन्जमै थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७५ पुग्यो
नेपालामा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ। आइतबार भेरी अञ्चल अस्पताल नेपालगन्जको प्रयोगशालामा भएको परिक्षण अनुसारथप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयका सह-प्रबक्ता डा समीर कुमार अधिकारीले जानकारी दिए ।
यसअघि नेपालगन्जमै ९ जनामा कोरोना संक्रमण देखिएको थियो । एकैदिन नेपालगन्जमा कोरोना संक्रमिको संख्या १५ पुगेको छ भने आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा वीरगन्जका एकजना ६१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
यसअघि आइतबार दिउँसो पाँच महिना र चार पुरुषमा कोरोना देखिएको थियो भने आजै नेपालगन्ज उपमहानगरपालिका-०८ का १६, २१ र ३४ वर्षका पुरुषहरु र ४०, ४५ र ६० वर्षका महिलाहरुमा कोरोना संक्रमण भएको थियो ।
कोरोना नियन्त्रणको ठोस कदम चाल्न ढिलो नगरौं: डा . रवीन्द्र पाण्डे
आज नेपालगंजमा ९ जना तथा बीरगंजमा १ जनामा कोरोना संक्रमण पुष्टि भयो | उदयपुर, बिरगंज र नेपालगंजको संक्रमणले ठोस संकेत दिएको छ | त्यो भनेको व्यक्तिगत दुरी, सामाजिक दुरी कायम नहुनु | नेपालमा कोरोना संक्रमण फैलिन नदिने हो भने हामीले ठोस रणनीति बनाउनु पर्दछ | १. PCR टेस्टको दायरा ब्यापक बढाउने | सिमाना जोडिएका जिल्लाहरु, ठूलो जनसंख्या भएका सहर तथा भारतबाट लकडाउन यता नेपाल आएका व्यक्तिलाई खोजिखोजि PCR टेस्ट गर्ने | २. कोरोना संक्रमण सुरु भएको ४ महिना जम्मा १३ हजार जनाको PCR टेस्ट हुनु अत्यन्त थोरै हो | RDT टेस्टको मिथ्यांक प्रस्तुत गर्नुभन्दा प्रत्येक जिल्लामा PCR मेसिन उपलब्ध गराएर संक्रमित पहिचान गर्ने काम अभियानकै रुपमा सुरु गर्नुपर्ने | ३. २ जनाभन्दा व्यक्ति संगै हिंड्न नपाउने | ४. हरेक ठाउँमा न्युनतम ६ फिटको दुरी अनिबार्य कायम राख्नुपर्ने | ५. संक्रित ठाउँमा घरभित्र समेत भौतिक दुरी कायम गर्नुपर्ने | ६. धार्मिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक लगायत बिबिध क्षेत्रमा मान्छे जम्मा हुने, सामुहिक बसाइ गर्ने, सामुहिक प्रार्थना गर्ने लगायतका काम कोरोना नियन्त्रण नभएसम्म बन्द गर्नुपर्ने | ती कहाँ कहाँ छन् , खोजेर बन्द गराउने | त्यसको नियमित तथा कडा अनुगमन गर्ने | ७. तरकारी बजार बन्द गर्ने | तरकारी, फलफल होलसेलबाट सिधै किराना पसल / तरकारी पसलबाट बिक्री वितरण गर्ने | ८. सपिंग मल बन्द गर्ने | स्थानीय ससाना पसलबाट अत्याबश्यक पदार्थ किनबेच गर्ने | ९. बिहान र बेलुकाको समयमा पसल खोल्न, हिड्डुल गर्न नदिने | दिउँसो सामान किन्ने समय तोकेमा ७५ % आवतजावत स्वत: कम हुन्छ | १०. सुरक्षाकर्मी र सिमाबासीको संयुक्त गस्ती २४ घण्टा नै गरेर जोखिम ठाउँमा तारबार, CCTV जडान गर्ने | यी आधार तयार नगरि लकडाउन खोल्ने हो भने स्थिति भयाबह हुनसक्छ | सरकारले PCR टेस्टको दायरा बढाउने, कडा अनुगमन गर्ने अनि नागरिकले लकडाउन तथा सामाजिक दुरीको मर्म बुझेर घरभित्र बस्ने / सामाजिक दुरी कायम गर्ने गरौँ | .