गण्डकी प्रदेश प्रमुखद्वारा पूर्व प्रमुख पृथ्वीमान गुरूङको निधनमा शोक व्यक्त

पोखरा   ।  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पूर्व प्रदेश प्रमुख पृथ्वीमान गुरूङको शनिबार बिहान निधन भएकोमा दुःख व्यक्त गर्नुहुँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
शोक सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले गुरूङको असामयिक निधनबाट आफू अत्यन्त दुःखित भएको उल्लेख गर्नुभएको छ ।
‘करिब ३२ महिना गण्डकी प्रदेशबासीको अभिभावकका रूपमा प्रदेश प्रमुख पदमा रही प्रदेशको गहन जिम्मेवारी वहन गर्नुभएका कुशल एवं अनुभवी व्यक्तित्व गुरूङको निधनबाट ठूलो क्षति पुगेको मैले महसुस गरेको छु ।’ उहाँले भन्नुभएको छ ।
शोक सन्देशमा उल्लेख छ – ‘आफ्ना सबल अभिभावक गुमाएका स्वर्गीय गुरूङका शोक सन्तप्त परिवारजन र स्वजनहरूमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै उहाँहरूप्रति समग्र गण्डकी प्रदेशबासी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।’
गण्डकी प्रदेशकै कास्की जिल्ला साविक घलेल गाविस वडा नं. ४ मा जन्मनुभएका गुरूङका परिवार बसाइँसराइँ गरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नंं. २६, दिव्यनगरमा बस्दै आउनुभएको थियो । पछिल्लो समय क्यान्सरसँग लडिरहनुभएका पूर्व प्रमुख गुरूङको ७६ वर्षको उमेरमा दिव्यनगरस्थित निवासमै शनिबार बिहान निधन भएको हो । उहाँको आइतबार मात्रै अन्त्येष्टि गरिने परिवारले जनाएका छन् ।
२०७८ साउन १२ गते प्रदेश प्रमुखमा नियुक्त हुनुभएका गुरूङ २०८० फागुन २८ गते पदमुक्त हुनुभएको थियो ।

दलित समुदायका अगुवा महिलाहरूलाई जातीय विभेद तथा हिंसासम्बन्धी कानुनी प्रशिक्षण

दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा तथा सङ्कल्प गण्डकी प्रदेशको समन्वयमा सञ्चालित कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम बुधबार पोखरामा सम्पन्न भएको छ। फेडोद्वारा सञ्चालित कार्यक्रममा दलित समुदायका सक्रिय महिला अगुवाहरूलाई जातीय विभेद तथा हिंसाका सम्बन्धमा संविधान र कानुनी जानकारी दिइएको थियो। प्रशिक्षणको सहजकर्ता सङ्कल्प गण्डकी प्रदेशकी संयोजक तथा अधिवक्ता सरिता तिम्सिना पंगेनीले जातीय विभेद अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकार तीनवटै तहले प्रभावकारी संयन्त्र निर्माण गरी संविधान र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विभेद अन्त्यका लागि स्पष्ट नीति, योजना र बजेटमा उच्च प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रशिक्षणमा सहभागी सुशीला बिक, ममता गुरूङ बिक र इश्वरी नेपालीले सिकेका ज्ञान र सीप समुदायस्तरसम्म लैजाने प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमले आफूहरूको क्षमता अभिवृद्धिमा उल्लेखनीय टेवा पुर्‍याएको धारणा राखे। दलित महिला सङ्घकी अध्यक्ष लक्ष्मी परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक इश्वरी बिकले गर्नुभएको थियो। कार्यक्रममा फेडोका २० जना महिला अगुवा कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

कास्कीको काँहुखाेला सिक्लेस सडकमा राति सवारी सञ्चालनमा राेक

कास्की ।    आजदेखि कास्कीकाे काँहुखाेला सिक्लेस सडकमा रातिको समयमा सवारी साधन संचालनमा  राेक लगाईएकाे छ। मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माकाे अध्यक्षतामा बसेकाे जिल्ला सुरक्षा समिति कास्कीको बैठकले  साे निर्णय  गरेकाे कास्कीका  सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयाे। निर्णय अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ । यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकोले वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन  बुधबार  देखि लागू हुने गरी  ७  दिनकाे लागि      काँहुखोला देखि सिक्लेस  जाने सवारी साधनहरु साँझ ५ बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने  र सिक्लेस   देखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने  व्यवस्था गरिएकाे    कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले  पाेखरा पाेष्टलाई जानकारी दिनुभयो   । विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी र लुम्ले देखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५:०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने र  घान्द्रुक देखि विरेठाँटी, उल्लेरी देखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने  यस अघि नै गरिएकाे व्यवस्थालाइ निरन्तरता दिइएकाे     जिल्ला प्रशासन कार्यलय कास्कीले मंगलबार जारी गरेकाे सुचनामा जनाइएकाे छ ।

कास्कीका विरेठाँटी घान्द्रुक ,लुम्ले लान्द्रुक,काँहुखाेला ताङतिङ सडकमा राति सवारी सञ्चालनमा राेक

  कास्की ।कास्कीका विरेठाटी घान्द्रुक,लुम्ले लान्द्रुक र काँहुखाेला ताङ्तिङ सडकमा रातिको समयमा सवारी साधन संचालनमा राेक लगाईएकाे छ। साेमबार कास्कीका प्रमुख जिल्ला अधिकारी  रुद्रादेवी शर्माकाे अध्यक्षतामा जिल्ला समन्वय समिति प्रमुख, स्थानीय तहका प्रमुख तथा पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु, यातायात व्यवसायीहरु लगायतका सरोकारवाला निकाय/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको वैठकबाट साे निर्णय भएकाे कास्कीका  सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयाे। निर्णय अनुसार गाडी चलाउन रोकिएको अवधिसम्म अत्यावश्यकबाहेकका सबै गाडीलाई रोकिनेछ । यस वर्षको मनसुन सक्रिय अवस्थामा रहेकोले वर्षातको समयमा सुरक्षा संयमता अपनाउन र बाढी, पहिरोको कारणबाट यात्रु तथा सवारी साधनहरुमा हुनसक्ने सम्भाव्य क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन  बुधबार  देखि लागू हुने गरी १५ दिनको लागि  विरेठाँटी देखि घान्द्रुक, विरेठाँटी देखि उल्लेरी र लुम्ले देखि लान्द्रुक जाने सवारी साधनहरु साँझ ५:०० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने र  घान्द्रुक देखि विरेठाँटी, उल्लेरी देखि विरेठाँटी र लान्द्रुक देखि लुम्ले जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने व्यवस्था गरिएकाे    छ । त्यसैगरी  काँहुखोला देखि ताङ्तिङ जाने सवारी साधनहरु साँझ ४:३० बजेभित्र प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुटिसक्नुपर्ने  र ताङ्तिङ देखि काँहुखोला जाने सवारी साधनहरु बिहान ५:०० बजेपछि प्रस्थानविन्दुबाट गन्तव्यस्थलको लागि छुट्न पाउने  व्यवस्था गरिएकाे    कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले  पाेखरा पाेष्टलाई जानकारी दिनुभयो   ।