एयर होस्टसका लागि मिस एभिएसन

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं – विमान परिचारिका अर्थात एयर होस्टसको प्रशिक्षण लिइरहेका तथा यो विधामा रुची राख्ने युवतीका लागि सौन्दर्य प्रतियोगिता ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना हुने भएको छ । टच ईन्टरटेन्मेन तथा स्पर्श फिल्मस्ले पहिलो पटक ‘मिस एभिएसन क्विन–२०१८’ आयोजना गर्ने घोषणा गरेको हो ।
असोज महिनाको अन्तिम साता आयोजना हुने उक्त प्रतियोगिताको ग्राण्ड फिनालेका लागि काठमाडौंमा अडिसन कार्यक्रम आयोजना गरिएको छ । अडिसनबाट २० जना युवतीहरु छनोट भएको आयोजक संस्थाकी विजया शाहले बताएकी छिन् ।

अडिसनमा साहारा एयरलाइन्सका सिईओ आलोक भट्टराई, बुद्ध एयरका मार्केटिङ मेनेजर बिनिता थापा, नेपाल एयरलाइन्सका क्याबिन क्रू दायमन्ती किरा“त, पूजा सिलवाल, हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा डिजे शिशिर निर्णायक रहेका थिए ।

१८ देखि २४ वर्ष उमेर समुहका युवतीहरुले यो प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताका इभेन्ट मेनेजर जोर्डन राजभण्डारीका अनुसार छनोट भएका युवतीहरु यसै सातादेखि प्रशिक्षणमा व्यस्त भएका छन् ।

प्रतियोगीतामा उत्कृष्ट हुने तथा सबै प्रकृया पुग्ने एक जनाले नगदसहित एउटा प्रतिष्ठित एयरलाइन्समा जागिरको व्यवस्था गरिने आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply