नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ ।

मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।

त्यस्तै खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनै इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन । मालदिभ्स भने एकपटकको विजेता, तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो ।

यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २–१ गोलले हारेको थियो भने भुटानलाई ४–० र बंगलादेशलाई २–० गोलले हराएको थियो ।

Leave a Reply