मोवाईल चोरीमा संलग्न पक्राउ

१ आश्विन २०७५, सोमबार

कास्की प्रहरीले मोवाईल चोरीमा संलग्न रहेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरेको छ ।पोखरा महानगरपालिका वडा नं १८ बस्ने बर्ष २२ का बिशाल गूरुडलाई बिभिन्न ब्राण्डका ६वटा मोवाइल सहित पक्राउ गरेको कास्की प्रहरी प्रबक्ता रबिन्द्रमान गूरुड ले जानकारी दिए । पक्राउ परेका गूरुडको साथबाट लेनोभो ए १००० मोडेलको मोवाईल १ थान,आईफोन सिक्स १ थान ,सामसूङ्ग ग्यालेक्सी,डिओस , जे टू एक एक थान ,भिभोको वाई ३१ एक थान मोवाईल बरामद भएको कास्की प्रहरीले जनाएको छ । पोखरा १८ सराङ्गकोट का एक ब्यक्तिले पूराना मोवाईलहरु बिक्रि बितरण गर्दे छ भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले गूरुङ्ग लाइ पक्राउ गरेको हो ।

Leave a Reply