बन्द आव्हान गरिएको छैन नेकपा (बिप्लब)

२ आश्विन २०७५, मंगलवार

 

पोखरा पोष्ट असोज २

असोज २ गते मंगलबार   बन्दको  आब्हान गरेको  बताउदै हल्ला फैलाइरहेको बेला नेकपा बिप्लब नेतृत्वले भने बन्दका कार्यक्रम घोषणा नगरेको जनाएको छ । बिप्लब नेतृत्वका एक नेताले असोज २ गते मंगलबार आफूहरुका बन्दका कूनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन ।
उनले  आफ्ना पाटीका नेता  प्रकाण्डमाथि गरिएको  गतिबिधि जारी रहे चूप लागेर नबस्ने  चेतावनी समेत दिदै सम्झाईरहन जरुरी नभएको बताए  ।उनले आफूहरु माथि धरपकड जारी रहे धैर्यताको बाँध टूटने उल्लेख गरे ।
यता, माओबादी पूर्ब जनमूूक्ति सेना नेपाल पार्टीको नाममा सामाजिक संजालमा भाईरल बनाइएको बिज्ञप्ती पनि आधिकारीक पूिष्ट हुन सकेको छैन ।बिज्ञप्तीमा प्रकाण्डको रिहाइ लगाएत नेकपाको जस्तै गरि केहि बिषय समेटिएका छन ।
यतिबेला पोखरामा बन्दकर्ता कतै देखिएका छैनन र सवारीसाधन पनि निर्बाधरुपमा चलिरहेका छन ।

Leave a Reply