पैतालाका डोवहरु वजारमा

0
845

पोखरा ४ असोज

युवा मुक्तककार ऋषि वरालको मुक्तक संग्रह पैतालाका डोवहरुको विमोचन गरिएको छ । बरिष्ठ गीतकार रत्नशम्शेर थापाले एक कार्यक्रम बिच मुक्तक संग्रह को बिमोचन गर्नुभएको हो । कार्यक्रममा बोल्दै  थापाले ऋषि बरालसँग मुक्तक लेख्ने खुवि र क्षमता रहेको बताउनु भयो ।। उनका  मुक्तकमा युग बोल्दछन्, प्रकृति, देश र मानवीय भावना प्रखर रुपमा देखिन्छन् भन्दै गीतकार थापाले , सुन्दर ढङ्गले लेखिएका मुक्तकहरु वाचन गरेको सुन्दा मनै आनन्दित हुन्छ भन्दै कृतिकार को प्रशंशा गर्नुभयो। चर्चित गीतकाररमुक्तककार तथा रेडियो नेपालका रेडियोकर्मी रमेश पौडेलको प्रस्तुति भने फरक थियो ।वहाले ूमुक्तक लेखन र आवरण साजसज्जाको कारणबाट नै भेट ऋषि बरालसँग भएको थियो । उनका मुक्तकहरु साच्चिँकै मुक्तक बनेका छन् । यस कृतिको पाना पल्टाएर जहाँ पढे  पनि सुन्दर मन छुने मुक्तक मात्र भेटिन्छन् । उनिमा मुक्तक लेखनको क्षेत्रमा स्थापीत हुने राम्रो छनक पाएको छु।ूभन्दै कृतिको प्रशंशा गर्नुभयो। कृतिकार ऋषि बरालले मुक्तक लेखनका क्रमका आफ्ना अनुभव, भोगाइ र प्रकाशनको यात्रा सम्मका संघर्षको वर्णन र मुक्तक वाचन गरेर समेत सुनाउनु भएको थियो । आफूलाई मनपर्ने मुक्तक लेखनको शैलि चतुष्पदीय रहेको र आफ्नो कृतिमा सङ्ग्रहित सबै मुक्तकहरु पनि सोहि शैलीमा रहेका कुरा अवगत गराउनु भएको थियाो  ।  नेपाल मुक्तक प्रतिष्ठानको प्रकाशनमा प्रकाशित सो कृतिमा    २१६ ओटा मुक्तक संग्रहित छन् ।जस मध्ये अधिकांश मुक्तकहरुमा प्रेम विछोडको भाव भएता पनि केहि मुक्तकहरुमा सुखद मिलन, देशप्रेम,मानवीय चिन्तन,सामाजिक यथार्थ,विकृति,विसंगति,मान्छेमा देखिएको आडम्वरी पन,नेपाली युवाहरु विदेशिनु परेको वाध्यता,साहित्यिक क्षेत्रमा देखिएको सम्मान र पुरस्कारको वेथिति,गाँउमा समेत मौलिक भाषा,संस्कृति र चालचलन हराउँदै गएको  यथार्थता,आमाको महिमा,जस्ता सन्दर्भहरु समेत समेट्ने प्रयास गरिएको छ।मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षता,वादल घिमिरेको सञ्चालन र वरिष्ठ गीतकार रत्नशम्सेर थापाको प्रमुख आतिथ्यतामा  सम्पन्न सो कार्यक्रममा अन्य विशिष्ट कवि, साहित्यकार, समिक्षक र पत्रकारहरूको  उपस्थिति रहेको थियो।