शिक्षक कुट्ने वडा अध्यक्ष बिरुद सर्बत्र बिरोध

४ आश्विन २०७५, बिहीबार

गुल्मी । नेपाल शिक्षक महासँघ, नगर कार्यसमिति, रेसुंगा नपा, गुल्मीले शिक्षकमाथि जनप्रतिनिधिले गरेको दुरव्यवहार विरुद्ध प्रेस विज्ञप्ति निकालेको छ । असोज १ गतेका दिन श्री भगवती माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक गोपाल विष्टलाई रेसुंगा नपा १०, सिमिचौरका वडा अध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पदम प्रसाद अर्यालले धम्काएको र तथानाम गालीगलौज गरेकोमा उक्त प्रेस विज्ञप्ति निकालेको हो । विज्ञप्तिमा रेसुंगा नगरपालिका वडा नं। १० स्थित श्री भगवती माध्यमिक विद्यालयमा निमावि तहमा कार्यरत स्थायी शिक्षक श्री गोपाल विष्टले २०७५र०६र०१ गतेका दिन दिउँसो ३ः०० बजेको समयमा विद्यालयमा कक्षा ८ मा विद्यालयमा कक्षा ८ मा पढाईरहेको अवस्थामा रे।न।पा। –१०, सिमिचौरका वडा अध्यक्ष तथा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका श्री पदम प्रसाद अर्यालले आफ्नो अधिकारको दुरुपयोग गरी निज शिक्षकलाई धम्काउने, तर्साउने र तथानाम गालीगलौज गरेको भन्ने लिखित निवेदन आएको हुँदा नेपाल शिक्षक महासँग, रेसुंगा नगरपालिका, नगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ । असोज ३ गते निकालिएको उक्त विज्ञप्तिमार्फत शिक्षक र शिक्षण संस्थामाथि हुने कुनैपनि प्रकारका दुव्र्यवहार र अवाञ्छित क्रियाकलापहरु अविलम्ब रोक्न सबै सरोकारवालाहरुसँग अपिल गरिएको छ ।

Leave a Reply