शिक्षित व्यापारिक वर्गले आधुनिक मेशिन विधिद्धारा मत राख्दा पनि ४४३ जनाको मत रद्द भएकै होत

७ आश्विन २०७५, आईतवार

 

पोखरा उधोग वाणिज्य संघको शनिबार सम्पन्न निर्वाचनमा प्रत्येक भोटरले अनिवार्य रुपमा १० जना सदस्यहरुलाई भोट गर्नु पर्ने वाध्यात्मत व्यवस्था गरेको थियो। चुनावमा जम्मा खसेको मत २९८६ रहेको थियो  । जम्मा १८ जना सदस्यहरुले निर्वाचनमा भाग लिएका थिए। प्रत्येक एक मतादाताले १० जना सदस्यलाई मत दिन पाउने व्यवस्था थियो। निर्वाचन अधिकृतले उपलव्ध गराएको तथ्याङ्क अनुसार जम्मा १८ जना सदस्यहरुले प्राप्त गरेको मत संख्या २५४३० रहेको छ । खसेको मत संख्यालाई आधार वनाउने हो भने जम्मा १८ जना सदस्यहरुले प्राप्त गर्नु पर्ने अधिक्तम मत संगख्या २९८६ ले १० लाइ गूणन गर्दा  २९८६० हुनु पर्ने हुन्छ। १० सदस्यलाई भोट हाल्न वाध्य पारिएको ईलोक्ट्रनिक्स मिसिनले अन्तर भएको ४४३० मत कुन शिर्षकमा छुट्टाएर राख्यो यदि भोट कर्ताले १० जना भन्दा कम सदस्यलाई ‌‍भोट हालेमा सम्पूर्ण सदस्यहरुको भोट रद्द हुने व्यवस्था रहेछ भने ४४३ जना भोट कर्ताले यात सदस्यहरुलाई भोट नै राखेनन वा ४४३ भोट कर्ताले १० जना भन्दा कम ९१० भन्दा वढी मत राख्न मेशिनले दिदैन० सदस्यलाई भोट राखी निस्किए । यो तथ्याङ्कलाई आधार मान्दा सदस्यका लागी हालिएको ४४३ मत रद्द भएको देखिन्छ । शिक्षित व्यापारिक वर्गले आधुनिक मेशिन विधिद्धारा मत राख्दा पनि ४४३ जनाको मत रद्द भएकै हो त

साथै नेपालको विध्यमान निर्वाचन सम्वन्धि एेनहरुमा मतदान प्रक्रियामा भाग लिई मतपत्र हातमा लिएका मतदातले भोट राख्नु पर्ने नभए मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको अवस्थामा चुनावको लागि प्रयोग भएको मेशिनमा मतदान नगरे पनि हुने व्यवस्था किन राखियो , जुन तरिकाले ईलेक्ट्रोनिक्स मेशिन सेटिङ गरियो यो पुर्णत कानुनि व्यवस्था विपरित छ । मतदान मा भाग लिएका जो कोहिले भोट राखेर मात्र मतपेटिकामा मतपत्र खसाल्नु पर्ने कानुनि व्यवस्था छ ।

कानुनि व्यवस्था
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४
३९। मतदानको प्रक्रिया
९३० मतदाताले मतपत्रमा तोकिए बमोजिमको छाप वा चिन्ह गोप्य तवरले लगाई मतदान गर्नु पर्नेछ । मतदान गर्नु पर्नेछ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४
९२९०मतदान गर्ने तरीका
९५० कुनै मतदाताले मतपत्र बुझी लिएपछि मतदान नगर्ने निश्चय गरेमा सो मतपत्र मतदान अधिकृतलाई फिर्ता दिनुपर्नेछ ।
गणेश बहादूर थापाको बिश्लेषण  साभार फेसबूकबाट

Leave a Reply