पोखरा उद्योग बाणिज्य संघको चूनाबमा अध्यक्ष पदमा दामू अधिकारी बाहेक सबै पदाधिकारीमा लोकातान्त्रिक प्यानल बिजयी

७ आश्विन २०७५, आईतवार

 

पोखरा उद्योग वाणिज्य संघको शनिबार पोखरामा सम्पन्न ३२औ महाधिबेशनबाट  अध्यक्षमा नेकपा प्यानलका दामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् । दामु अधिकारीले  १४७८ मत प्राप्त गर्दा  रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।
पदाधिकारीका सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा  नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।
उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५ मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन् । चिनु गुरुङले १५९१ मत ल्याउँदा सीता वरालले १३८८ मत प्राप्त गरिन् । पोखरा उद्योग बाणिज्य संघमा चुनावी नतिजामा धाँधली भएको भन्दै प्रजु प्यानलबाट जितेकाहरुले शपथ लिएनन् । निर्वाचन कमिटीले २ हजार ९ सय ८६ मत खसेको सार्वजनिक गरेको थियो ।
तर मतगणना हुँदा अध्यक्षमा ३७ मत कम देखियो । अध्यक्षका लागि दामु अधिकारीले १ हजार ४ सय ७८ मत ल्याएर बिजयी भए भने प्रतिश्पर्धी रवीन्द्रबहादुर प्रजुले १ हजार ४ सय ७१ मत ल्याए

Leave a Reply