श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ

११ आश्विन २०७५, बिहीबार

पोखरा ११, असोज
सरिता तिम्सिना पगेनी
कास्कीको लेखनाथस्थित  गगनगौडा खुदि खोलाको छेउमा रहेको सुकुम्बासी बस्तीमा श्रीमतीको हत्या गरेर भागेका श्रीमान पक्राउ परेका छन । बिहिबार बिहानै देखि घटना स्थल पुगेको संघीय इकाइ प्रहरी र जिल्ला प्रहरी कार्यलय कास्कीको  संयुक्त प्रयासबाट हत्यारालाइ पक्राउ गरिएको हो ।बुधबार राती घरमै श्रीमतीको हत्या गरेर भागेका ५५ बर्षिय यानबहादुर गुरुङ्ग लाइ प्रहरी ले पक्राउ गरेको हो । ६० बर्षिया आफ्नै श्रीमती  श्रीमाया गुरुङ्ग को हत्या गरेपछि उनले छिमेकीलाइ आफुले हत्या गरेको खबर छोडेर भागेको  कास्की प्रहरी प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।बोरामा पोको पारिएको अबस्थामा शब भेटिएको थियो।

Leave a Reply