पोखरामा छोरी बचाउ अभियान

११ आश्विन २०७५, बिहीबार

 

पोखरामा छोरी बचाउ अभियान थालनी गरिएको छ । परिवर्तनका लागि कार्य नेपाल संस्थाले उक्त अभियानको थालनी गरेको हो । अभियानका संयोजक संस्थाका अध्यक्ष अधिवक्ता गिता कुमारी लामिछाने रहेकी छन भने उपसंयोजकमा ज्योति कोइराला प्रबक्तामा पत्रकार सरितातिमिल्सिना अर्थ संयोजकमा मिना ढकाल रहेकि छन । समाजमा छोरीहरुको बलात्कार, हत्या र हिंसाका घटनाहरु दिननुदिन बढिरहेका कारण आम नागरिक त्रसित मानसिकताका साथ बाच्नुपरेको हुँदा आवश्यकता अनुसार दबाबमुलुक एवं चेतनामूलक कार्यक्रम संचालन गर्ने उदेश्यले अभियानको थालनी गरिएको संयोजक लामिछानेले बताइन ।  सरकारले कंचनपुरका निर्मला हत्याका अपराधीलाई कानुनी दायरामा ल्याउन नसक्दा अपराधीको मनोबल बढेकाले बलात्कार र हत्याका श्रन्खला बढेकोमा मानव जगत नै चिन्तित भएको अवस्थामा समग्र सामाजिक अभियान्तहरुलाई अभियानमा साथ दिन संयोजकले आग्रह गरेकी छन् ।

Leave a Reply