‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडी
–कुमार चौलागाई
काठमाडौँ– यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा नौ क्लबबाट २८ विदेशी खेलाडीले सहभागिता जनाउँदैछन् । लिगमा सहभागी १४ ‘ए’ डिभिजन क्लबमध्ये नौ टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । तीन विभागीय टोलीबाहेक बाँकी ११ क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।
अहिलेसम्म च्यासल युथ क्लब र मछिन्द्र क्लबले विदेशी खेलाडी अनुबन्ध गर्न सकेका छैनन् । लिगमा सहभागी २८ विदेशी खेलाडीमध्ये सबैभन्दा बढी नाइजेरियाका १२, क्यामरुनका पाँच, आइभरीकोस्टका चार, गिनीका दुई तथा माली, बुर्किना फासो, घाना र बङ्गलादेशका एक–एक खेलाडी ए डिभिजन लिगमा अनुबन्ध भएका छन् ।
थ्री स्टार, मनाङ मस्र्याङ्दी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, सरस्वती युथ क्लब, न्युरोड टिम एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका हुन् । अहिलेसम्म सबैभन्दा बढी चार विदेशी खेलाडी फ्रेन्ड्स क्लबले अनुबन्ध गरेको छ । उसले करिम मोहम्मद नुरुल बङ्गलादेश सिल्ला सुलेमाने गिनी, फोफाना ब्राहिमान आइभरीकोस्टर ओडेह ओलुवासोगो ग्लोरी नाइजेरियालाई क्लबमा भित्र्याएको छ ।
त्यसैगरी थ्री स्टारले अजाइ मार्टिन्स नाइजेरिया र पिटर सेगुन नाइजेरिया, मनाङ मस्र्याङ्दीले ओजानीबुजे भिक्टर अमोबी नाइजेरिया अदेलाजा सोमिडे ओलुवाउम्नी नाइजेरिया र ओलादिपो अफिज ओलावाले नाइजेरिया तथा सङ्कटा क्लबले नोर्बट सेड्रिक अबा क्यामरुन, अर्नेस्ट टाम्पी क्यामरुन र म्याक्सेल इलोन क्यामरुलाई टिममा अनुबन्ध गरेको छ ।
ब्रिगेड ब्वाइजले काजिम अदेगोके बुसारी नाइजेरिया, ताजुदिन अदेकुन्ले बुसारी नाइजेरिया र अबु करिम हामद सिया घाना, हिमालयन शेर्पा क्लबले याकुबा सावादोगो बुर्किना फासो, दादी जुनियर वाम्बा क्यामरुन र प्याट्रिक प्रिभाट गोहा आइभरीकोस्ट, जावलाखेल युथ क्लबले ओलाकेन अफिज लावल नाइजेरिया, अदामा डुम्बिया माली र फोफाना फेडे गिनी, न्युरोड टीम एनआरटीले क्रिष्टियनवासीले कामिने क्यामरुन, मसुद ओपेएमी अग्बोला नाइजेरिया र कुआसी जिन डिडियर इस्मेल योबोए आइभरीकोस्ट र सरस्वती युवा क्लबले सोलो नाइजेरिया कासी नाइजेरिया र कुलिबाल आइभरीकोस्टलाई क्लबमा भित्र्याएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले ए डिभिजन क्लबलाई बढीमा चार विदेशी खेलाडी अनुबन्ध गर्ने मापदण्ड कायम गरेको छ । चारमध्ये एकजना सार्क देशको हुनुपर्ने प्रावधान छ । तीन विदेशी खेलाडी अनुबन्ध गरेको
राउण्ड रोविन लिगको आधारमा हुने सो प्रतियोगितामा कूल ९१ खेल हुनेछन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पुरस्कार पाउने छन् । फेयर प्ले टिमले रु एक लाख पाउने छन् । प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार तथा म्यान अफ दि म्याच खेलाडीलाई रु १० हजार दिनेछ ।
यस्तै लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुन् लागेको हो । पछिल्लो पटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।
Leave a Reply
You must be logged in to post a comment.