नबराज बसौला लमजुङ्गे
प्रधानमन्त्रीले भगवान नै छैनन यदि छन भने ती कार्लमार्क्स हुन भनेदेखी यो तपोभुमिमा बलात्कार , हत्या, हिंसा , लुटपाट का घटना एकाएक बढेको देखिन्छ। बरपिपल, तामातुलसा, भगवान भाकेर न्याय सम्पादन हुँदै आएको नेपाली समाजमा पुर्ब र बर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई रकेपि ओलि आफ्ना नागरिकलाइ भौतिकबाद र नास्तिकता सिकाउने होडमा उत्रीनुको एउटा प्रभाब ले आजका युवाहरु पाप र धर्मको चेश्टा बाट च्युत हुँदै गएको आभाष हुन थालेको छ। नेपालि समुदायको ठूलो हिस्साले माता मान्दै आएको गाइलाइ काटेर खान पाउनुपर्छ भनेर बहस गर्न थालिनु, हिन्दु धर्म बिकासबिरोधी छ भनेर एउटा प्रधानमन्त्री भैसकेको ब्यक्तिले अभिव्यक्ति दिनु ले केही जमातलाइ भगवान प्रतिको आस्थामा बिस्वाश भङ हुँदै गएको र अदृश्य शक्ति सङ डर हुन छाडेको महशुस गर्न सकिन्छ। नराम्रो कर्म गरियो भने नर्क पुगिन्छ, भगवानले दन्ड दिन्छन, अर्को जुनिमा पशु भएर या यस्तै केही को रुपमा जन्म लिइन्छ भन्ने पाठ सिक्दै आएकाले नै नेपाल शान्तिभुमी को रुपमा चिनिन पाएको थियो भन्ने सत्य लाइ राज्य सन्चालनको कार्यकारी पदमा पुगेकाले बुझ्न सक्नुपर्छ।भगवान माथिको आस्था र बिस्वाशले मानिसलाइ सकारात्मक बन्न सिकाउदछ, अनुशासन र सत्कर्ममा रहन उत्प्रेरित गराउदछ। मन्दिर, गुम्बा,मस्जिद , चर्च जहाँ गएपनी प्रबेश गर्ने बित्तिकै तपाइमा सकारात्मक भाइब्रेशन सन्चार हुन शुरु भैहाल्छ। तपाईं जुनसुकै धर्म मा बिस्वाश गर्नुहोस ती सबै धर्मले नैतिकता सिकाउछ, पाप कर्म नगर्न सचेत गराउदछ। धेरै भौतिकबाद रनास्तिकता सिकाउनुको परिणाम पनि हुनसक्दछ यी यावत घटना घटी रहनुमा पनि। आफ्ना जनतालाइ नास्तिक हैन आस्तिक बन्न सिकाउनुहोस पुर्ब र बर्तमान प्रधानमन्त्री ज्युहरु१११
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.