नारी पुरुष भन्दा न कमजोर छन न बलबान

१२ आश्विन २०७५, शुक्रबार

नबराज बसौला लमजुङ्गे
नारी पुरुष भन्दा न कमजोर छन न बलबान छन, छन त बिल्कुल भिन्न, बिल्कुल अलग। जबसम्म नारिले आफ्नो भिन्नताको भासामा, आफ्नो अलग ब्यक्तित्वको भासामा सोच्न थाल्दैनन तबसम्म नारिहरु कि पुरुषको दास भैरहन्छन कि पुरुषको अनुयायी हुनेछन। पश्चिममा नारिले बिद्रोह गर्दै पुरुष हुने दौडमा होमिए र आफू नारी हुनुको भिन्न पहिचान समाप्त पार्दै लगे। पुरुषको नक्कल गर्दा नारी सधै द्वितीय कोटिको पुरुष मात्रै हुन पुगे। यदि पुरुषले गणित जान्दछ र नारीले पनि गणित जान्दछिन भने यी दुई समान कुराले उनिहरुलाइ नजिक ल्याउदैन। यदि पुरुषले गणित जान्दछ र नारिले सङित, कला र काव्य जान्दछिन भने यी कुराले उनिहरुलाइ नजिक ल्याउदछ। पुरुष बन्ने दौडमा नारिहरु नक्कली पुरुष बन्नाले पश्चिमी समाजको परिवार छिन्नभिन्न हुदैछ। हामी पुरुष भन्दा के कम भन्ने होडमा आफ्नो नारी हुनुको प्राकृतिक गुण ,अलग पहिचान र महत्व गुमाइनु हुदैन। हामी पुरुष भन्दा भिन्न छौ भनेर आफ्नो महत्वलाइ स्थापित गराउन तिर नारी अग्रसर हुनुपर्दछ। अरु त अरु नारिहरु पुरुषको जस्तो लुगा लगाउनमा गर्व गरेको देख्दा पो उदेक लाग्छ। यदि नारिलाइ पुरुषलाई दिइने सौन्दर्य शिक्षा दिइयो भने नारिको ओठमाथी जुङा देखिन थाल्दछ। नारी र क्रान्ती।।।।।।।।।

Leave a Reply