प्रेश यूनियन म्याग्दी को अध्यक्षमा राकेश शर्मा

१४ आश्विन २०७५, आईतवार

 

म्याग्दी असोज १५, सरिता तिम्सिना पगेनी
नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीको सातौं साधारणसभा तथा पाँचौं अधिवेशनबाट अध्यक्षमा राकेश शर्मा निर्वाचित भएका छन् ।  उपाध्यक्षमा अंकित पुन, रञ्जना श्रेष्ठ, सचिव साधन राम्जाली, सहसचिव सावीत्री सुबेदी, कोषाध्यक्ष गणेश गुरूङ चयन भए । त्यसैगरी सदस्यहरूमा अमित गर्बुजा, शुसिल कुमार थकाली,सम्झना राम्जाली, अनिल पौडेल र सुजता खत्री चयन भएका छन्  ।
। अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले  उद्घाटन गरे । उनले सरकारले   दुईतिहाईको दम्भ देखाएर स्वतन्त्र न्यायपालिका र सञ्चारमाध्यममा आतंक मच्चाइरहेको आरोप लगाए। नवनिर्वाचत अध्यक्ष शर्माले जिल्लामा क्रियाशिल प्रेस आवद्ध संघसंस्थासंग आवश्यक सहकार्य गरी  अगाडी बढ्ने बताए । उनले प्रेस यूनियनले जिल्लाका सबै स्थानीय तहमा समेत आफ्नो सञ्जाल विस्तार गदैं ग्रामिण क्षेत्रमा रहेका सम्भावनालाई प्रचारप्रसार सहित पत्रकारितमा आर्कषण गर्ने गरी तालिम सञ्चालन गरिने बताए । उनले स्थानीय तहमा आवद्ध कर्मचारीले विज्ञापन एजेन्सीको भूमिका निर्वाह गदैं जिल्लामै आवद्ध रहेका पत्रकार कार्यरत सञ्चारमाध्यमा एजेन्सी मार्फत विज्ञापन पठाउने गरेको बताउँदै खवरदारी गरिने बताए
अधिवेशनमा नेपाली कांग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, पूर्व सांसद रेशमबहादुर बानियाँ, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, प्रेस युनियनका केन्द्रीय सदस्यद्वय श्रीकान्त पौडेल, दिलिप पौडेल, तरुण दलका जिल्ला अध्यक्ष मुकुन्द छन्त्याल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य सन्तोष गौतम, नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल प्रेस युनियन म्याग्दीका कार्यवाहक अध्यक्ष निर्मल खत्रीको अध्यक्षता, केन्द्रीय पार्षद हरिकृष्ण गौतमको स्वागत र जिल्ला सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

Leave a Reply