घुस लिएको अभियोगमा उपसचिव पक्राउ

२५ आश्विन २०७५, बिहीबार

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ, पर्साका एकाइ प्रमुख उपसचिव लालबाबु साहलाई रु ४० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ ।

विद्यालयको भवन निर्माणका लागि निकासा भएको रकम विद्यालय खातामा हस्तान्तरण भएपछि बैकमा रोक्का भएको रकम फुकुवा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग उपसचिव साहले घुस लिँदालिँदै पक्राउ गरिएको हो । आरोपी उपसचिव साहको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

Leave a Reply