इन्डोनेसियाको जाभा र बालीमा भूकम्प, तीन जनाको मृत्यु

२५ आश्विन २०७५, बिहीबार

कार्ता, २५ इन्डोनेसियाको तटीय क्षेत्रमा पर्ने जाभा र बाली द्वीपमा बिहीबार गएको ६।० म्याग्नीच्युडको भूकम्पमा परी तीन व्यक्तिको मृत्यु भएको छ ।

इन्डोनेसियाका सरकारी अधिकारीले सो जानकारी दिएका प्राप्त समाचारमा जनाइएको छ ।

त्यस भूकम्पबाट पूर्वी जाभाको सुमेनेप जिल्लाका आवासीय भवनहरु भत्किएका र त्यसबाट तीन व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताउनु भएको छ ।

इन्डोनेसियाको पालु शहरमा गत सेप्टेम्बर २८ मा ७।५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीको कारण २ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जानकारी दिइएको छ । साथै सो भूकम्पमा परी अरु करिब पाँच हजार मानिस हराएका बताइएको छ ।

Leave a Reply