कृषिमा आधुनिकीकरण र ब्यावसायिकरण गरिनुपर्ने , प्रधानमन्त्री ओली

२५ आश्विन २०७५, बिहीबार

नबिन लामिछाने मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाँउपालिका –१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्म उदघाटन गरेका छन ।
प्रधानमन्त्री ओलीले कृषिमा आधुनिकीकरण मार्फत नै किसान सफल व्यवसायी र उद्यमी बन्न सक्ने बताए ।’
एग्रो मनाङले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम गरेको भन्दै प्रधानमन्त्री ओलीले आधुनिक प्रविधिको प्रयोग गरी कृषिलाई उद्योगतर्फ लैजान सकिने धारणा राखे ।
यो वर्ष सरकारले स्याउ कृषकका लागि १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको पनि सुनाए ।
एग्रो मनाङले, नेपालमा स्याउको मात्रै करिब १४ अरब रुपैयाँको बजार रहेको जानकारी दियो । जस मध्ये बढी हिस्सा भारतीय स्याउकै छ । एग्रो मनाङका प्रवन्ध निर्देशक युवराज गुरुङले अब यो बजारलाई आफूहरुले उत्पादन गरेको स्याउले हस्तक्षेप गर्ने जिकिर गरे । नेपालमै उत्पादन गरेर नेपाली बजारमा बाहिरी स्याउको बोलबाला अन्त्य गर्न सकिने उनको धारणा छ ।

Leave a Reply