पोखरा हेमजाको याम्दीमा ४ वर्षीया बालिकालाई बलात्कार उद्योग गर्ने २२ वर्षीय श्रेष्ठ पक्राउ

२६ आश्विन २०७५, शुक्रबार

पोखरा, पोखरा महानगरपालिका वडा नम्वर २५ याम्दीमा ४ बर्षिया बालिकालाई एक युवकले बलत्कार उद्योग गरेका छन् । हेमजाको याम्दीमा लामो समयदेखि भाडामा को घरमा आमा बाबु सगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार उद्योग गरेका हुन् ।
मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई भनेको छिमेकीले बताए । आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिकाको स्वास्थ्य
परीक्षणका लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ । स्थानिय मधुकर पराजुलीका अनुसार पक्राउ पर्नेमा
याम्दीकै स्थानिय बासिन्दा सुजन श्रेष्ठ रहेका छन । श्रेष्ठले ललाई फकाई एकान्तमा लगेर बालिकालाई अस्वभाबिक क्रियाकलाप गरेको बताएकी छिन् ।

Leave a Reply