लेखनाथमा सिनीयर मिनी म्याराथुन हुने , दर्ता निशुल्क

२६ आश्विन २०७५, शुक्रबार

लेखनाथ ,नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारेर लेखनाथमा सिनियर मिनि म्याराथुनको आयोजना गरिने भएको छ । विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ स्थानीय सृजनशिल युवा कलव पोखरा–२७ ले प्रतियोगिताको आयोजना गरेको हो ।यहि असोज २७ गते आयोजना हुने म्याराथुन खोलाको डिलबाट शुरु भई अर्घौं खराने हुँदै पुनः खोलाको डिलमा पुगेर ३ किमि को दुरि पुरा गरि सम्पन्न हुनेछ । म्याराथुनमा प्रथम हुने महिला र पुरुषले नगद ५÷५ हजार, द्धितीय हुने महिला र पुरुषले नगद ३÷३ हजार, तृतीय हुने महिला र पुरुषले नगद २÷२ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।खेल संस्कृतिको विकास र स्वास्थ्य प्रति जनचेतना फैलाउने उद्धेश्यले आयोजना गरिएको म्याराथुनमा सहभागी हुनको लागि महिलाको हकमा ३० वर्ष माथीको हुनुपर्ने र पुरुषको हकमा ३५ वर्षमाथिको हुनुपर्ने आयोजकले जनाएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि ५० हजार खर्च लाग्ने र निःशुल्क दर्ताको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दिएको छ ।

Leave a Reply