नहरमा डुबेर एक बालकको मृत्यु, एक बेपत्ता

२७ आश्विन २०७५, शनिबार

 

इनरुवा,  सुनसरी इटहरी उपमहानगरपालिका– १३ खनारस्थित नहरमा डुबेर आज एक बालकको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन् ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर छेउमा खेल्ने क्रममा स्थानीय चार वर्षीय समिर मिया र तीन वर्षीया रिया खातुन नहरमा खसेका थिए । समिरको केही छिनपछि शव फेला परेको थियो भने रिया साँझसम्म फेला नपरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

रियाको खोजी भइरहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको नहरमा खोल्ने क्रममा उनीहरु खसेको हुन सक्ने प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिनुभयो ।

 

Leave a Reply