बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरे

२७ आश्विन २०७५, शनिबार

काठमाडौं ।  नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको दश दान गरिएको छ  । बास्तोलाको अवस्था निकै जटिल बनेपछि  हिन्दू  परम्परा अनुसार जिउदो अवस्थामा गरिने कार्य दश दान गरिएको हो ।
बास्तोलाको शैयन कक्षमै पुरोहितले दश दान गरेका हुन् ।  बास्तोलालाई बाँसवारी स्थित न्यूरो अस्पतालमा लगिएकामा अस्पतालले अपरान्ह  ४ बजे उपचार सम्भव नरहेको भन्दै डिस्चार्ज गरेको थियो  ।
उनलाई अस्पतालले दिएको लाइफलाइन सपोर्ट झिकिएको छ । उनको मुटुको धड्कन शुन्य रुपमा रहेको छ । स्वास थोरै मात्रामा आइ रहेको छ भने अत्यन्त धेरै ज्वरो आइरहेको छ । उनको अवस्था कुनै पनि समय भन्न नसकिने अवस्थामा पुगेको परिवारिक श्रोतले बताएको छ ।
उनको स्वस्थ्य अवस्थाबारे बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री द्वय शशंक कोइराल, पूर्ण बहादुर खड्का तथा नेपाली कांग्रेसका कार्यकर्ता, शुभेक्छुक बास्तोला निवास खुमलटार पुगेका छन् ।

Leave a Reply