सुत्केरीको अकालमा ज्यान गयो

२७ आश्विन २०७५, शनिबार

 

सङ्खुवासभा– समयमै स्वास्थ्य संस्था नल्याउँदा खाँदबारीमा एक सुत्केरीको अकालमा ज्यान गएको छ ।

खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङको सुत्केरी हुन नसक्दा ज्यान गएको हो । उनलाई अन्तिम अवस्थामा जिल्ला अस्पतालमा आफन्तले ल्याएका थिए । पाठेघरबाट रगत बग्न थालेको झन्डै छ घन्टापछि अस्पताल ल्याउँदा उनको शनिबार बिहान ज्यान गएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालका डा युवराज बस्नेतले भन्नुभयो, “उनको ३४ हप्ताको बच्चा थियो, समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गुम्यो, समयमै ल्याएको भए आमालाई बचाउथ्यौँ ।”

उनलाई पटकपटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सर्तक हुन सुझाब दिएको बस्नेतले बताउनुभयो । “पहिले नै हामीले सर्तक हुन र राम्रो अस्पतालमा जान सुझाब दिएका थियौं”, चिकित्सक बस्नेतले भन्नुभयो, पटकपटक भनेका थियौ, जानु भएन छ, उनलाई अस्पताल ल्याउन निक्कै ढिला भइसकेको थियो, बच्चा बचाउन नसकेपछि आमा बचाउन खोज्यौ तर सकेनौं ।”
–––

Leave a Reply