काँग्रेसका नेता ,बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित

२८ आश्विन २०७५, आईतवार

नेपाली काँग्रेसले आइतबारका लागि तय गरेको जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको छ ।
नेपाली काँग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनका कारण कार्यक्रम स्थगित भएको हो ।
काँग्रेसले महंगी र चर्को कर बिरुद्ध सरकारको ध्यानाकर्षण गराउँन आज देशव्यापी रुपमा ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय गरेको थियो ।
केन्द्रीय परिपत्र अनुसार, कास्कीमा पनि कार्यक्रम स्थगित भएको पार्टीका जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

Leave a Reply