बारामा ६ वर्षिय बालकको अपहरणपछि हत्या, दुई पक्राउ

२८ आश्विन २०७५, आईतवार

मुकेश यादव,बारा  । बारामा  मा एक ६ वर्षिय बालकको अपहरण पछि हत्या भएको छ । बाराको सिम्रौनगढ नगरपालिका ३ नयकाटोलका धनेश्वर प्रसाद यादवको छ वर्षीय छोरा गोलु भन्ने दिपक प्रसाद यादवको अपहरण पछि घांटी थिचेर हत्या भएको छ ।
असोज २४ गते बुधबारका दिन सांझ चारबजे देखि बेपता भएका दिपकको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटस्थापनाको दिन देखि नै बेपता भएको दिपकको स्थानीय बांही जंगलमा हत्या गरिएको अवस्थामा शनिबार राति शव फेला परेको प्रहरीले जनाएको छ ।
दिउँसो चार बजेदेखि बेपता भएको बालक सांझसम्म पनि घर नफर्केपछि आफन्तजनहरुले खोजतलाश गरेका थिए । खोज तलाश गर्दा पनि दिपकको पत्ता नलाग्दा सांझ सात बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई जानकारी गराएका थिए ।
अपहरणकारीहरुले दिपकको आफन्तजनसंग १० लाखको फिरौती मांग गरेपछि फिरौतीको जोहो गर्न लाग्दा हत्या गरिएको शव फेला परेको स्थानीयहरुले बताएका छन । हत्या गरिएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी दुई जनालाई सार्वजनिक गरेको छ ।
सिम्रौनगढ नपा ३ नयकाटोलका गगनदेव कुशवाहाका १७ वर्षीय छोरा हरेन्द्र कुमार कुशवाहा र नयकाटोलकै सुखल बैठाको छोरा २३ वर्षीय श्याम बैठालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक रन्जित सिंह राठौरले बताए ।
एक महिना अगाडी धनेश्वर प्रसाद यादवस“ग दुई लाख रुपैया सापटी मांग गरेको र यादवले सापटी नदिएको कारण यादवको छोरा दिपक यादवको अपहरण गरि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा प्रनाउ राठौरले बताए ।

 

Leave a Reply