कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ बारे साक्षात्कार

२९ आश्विन २०७५, सोमबार

 

पोखरा ।   सूर्योदय क्लव नदीपुरले कविवर तेजनाथ घिमिरेसँग उहिलेको दशैँ र यसमा आएका विभिन्न परिवर्तनका आयामहरुबारे साक्षात्कार कार्यक्रम गरेको छ ।   कबि   घिमिरेले आफूले दशैँबारे भोगेका र जानेका सन्दर्भहरुको चर्चा गरे। पिङ खेल्ने भनेपछि जुटिहाल्ने तन्नेरी जमात कोे भिड हटाउन भूत  कृत्य गरेको उटपट्याङ घटना समेत स्मरण गरे घिमिरेले ।
। दशैँ नेपालीहरुको सांस्कृतिक पर्ब भएकोले यसको जगेर्ना गर्न युवा पुस्ता सधै तयार रहनु पर्नेमा जोड दिदै  घिमिरेले आफ्नो गच्छेअनुसार  दशैँ मनाउन नयाँ पुस्तालाई  आग्रह  समेत गरे ।घिमिरे शिरोमणि पुरस्कार, दयाशंकर पत्रकारिता पुरस्कार आदिबाट विभुषित भइसकेका छन।

क्लवका उपाध्यक्ष मधुसुदन पौडेलले  क्लबले बिभिन्न सामाजिक काम गरेको उल्लेख गर्दे ,दशैँको उपलक्ष्यमा  यस बर्ष पिङ हालको बताए। क्लवका सचिव षडङ्गराज घिमिरेले  साक्षात्कार कार्यक्रमलाइ निरन्तरता दिने बताए । अग्रज पुस्ताका अनुभब आदानप्रदानले नयाँपुस्तालाइ हौसला र उत्प्रेरणा मिलेको कार्यक्रमका सहभागीहरुले बताए ।

Leave a Reply