अशक्त महिलामाथि सामुहिक बलात्कार

२९ आश्विन २०७५, सोमबार

 

पोखरा । कास्कीमा एक अशक्त महिलामाथि सामूहिक बलात्कार भएको छ । कास्कीको सार्दिखोलामा  मुख बोल्न नसक्ने ४० वर्ष उमेर कटेकी एक महिलामाथि बलात्कार भएको हो । दुई जनाले सामूहिक बलात्कार गरेको श्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यलय  कास्कीका डिएसपी, प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले आइतबार घटना भएको र संलग्न दुवै जना पक्राउ परिसकेको  बताए।
‘अशक्त महिलामाथि दुई जनाले सामूहिक बलात्कार गरेको जानकारी आएपछि हाम्रो टोलीले तत्काल एक जना र घटनापछि भागेका अर्का एक जनालाई अहिले पक्राउ गरिसक्यौं ।’ डिएसपी गुरुङले भने – ‘घटनाबारे थप जानकारी पछि सार्वजनिक गर्नेछौं ।’
भागेका एक जना बलात्कारीलाई पर्वतबाट पक्राउ गरेर ल्याइएको बताइएको छ ।

Leave a Reply