नक्कली नोटसहित दुर्इ युवा पक्राउ

३ कार्तिक २०७५, शनिबार

काठमाडौं ।  काठमाडौमा नक्कली नोटसहित दुई युबा पक्राउ परेका छन । नक्कली नोटसहित कागेश्वरी मनहरा–११ का २५ वर्षीय शाहिल थापा र स्थानीय २९ वर्षीय विकास दोक्चे महर्जन पक्राउ परेका हुन् । काठमाडौं प्रहरीले एक हजार दरका २९ वटा नक्कली नोटसहित  उनीहरुलाइ पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–७, चाबहिल चोकमा जाँच गर्ने क्रममा बा ४५ प ८०६६ नम्बरको स्कुटर चालक शाहिल र स्कुटरमा सवार विकासको साथबाट नक्कली नोट बरामद भएको हो ।
घटनाको विषयमा महानगरीय प्रहरी वृत्त, गौशलाले विस्तृत अनुसन्धान गरिरहेको छ ।

Leave a Reply