पहिचान हुन नसकेको युवतीको शवफेला ,महिला हराएको भए खबर गर्न प्रहरीको आग्रह

३ कार्तिक २०७५, शनिबार

रामपुर न पा ८ भुजातघाट कालीगण्डकी नदि किनारमा एक युवतीको शब फेला परेको छ । उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । ढाकाको कुर्ता र जिन्स पाइन्ट लगाएकी कानमा रिङ र घाटीमा सिक्री लगाएकी झण्डै १८र१९ बर्षकी युवतीको शव फेला परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । शब हेर्दा गहुगोरी ब्राह्मण क्षेत्री समुदायकी जस्ती देखिने कालो रातो कपाल भएकी ५ फिट ३ इन्च उचाइकि सो युवतीको शव करिब २र३ दिन यता मात्र नदिमा भएको हुन सक्ने प्रहरीले जनाएको छ । अहिले रामपुर अस्पतालमा शव राखिएको छ । शव पहिचान हुन नसकेकोले आफ्नो घर छरछिमेकमा सोही प्रकृतिको महिला हराएको भए खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

Leave a Reply