७ बर्षीया बालिकालाई जंगलमै बलात्कार

४ कार्तिक २०७५, आईतवार

अछाम । अछाममा ७ बर्षीया बालिका बलात्कार भएकी छन् । बाख्रा चराउन गएकी ७ बर्षीया बालिका बलात्कृत भएकी हुन् ।
बलात्कार गर्ने कमलबजार ५ का १८ बर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार गर्ने किशोरको परिचय खुलाइएको छैन ।
ती युवकले शनिबार गाई, बाख्रा चराउन गएकी ७ बर्षीया बालिकालाई जंगलमै बलात्कार गरेका थिए ।
पीडित बालिका बुवाले प्रहरीमा दिएको उजुरीका आधारमा ती युवकलाई पक्राउ गरेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply