नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ

४ कार्तिक २०७५, आईतवार

काठमाडौं । नेपाली नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । नेपाली नक्कली नोटहरु छापी वजारमा वितरण गरिरहेको अवस्थामा सनिबार अभियुक्तहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका ३ घर भई हाल हाल कीर्तिपुर नगरपालिका ३ मच्छे गाउँ बस्ने ईन्द्रबहादुर श्रेष्ठ, गोरखाको शहिद लखन गाँउपालकिा वडा न ८ घर भई हाल मच्छेगाँउ बस्ने नारायण श्रेष्ठ, मकवानपुर हर्नामाडी ९ घर भई हाल मुलपानी बस्ने साहिल थापा मगर, पर्सा विरुवा गुठी ३ घर भई हाल वौद्द जोरपाटी वस्ने राज श्रेष्ठ र काठमाडौ कागेश्वरी मनहरा वडा नं ११ घर भई हाल कुमारी गाल बस्ने वर्ष २९ को विकास दोचे छन् ।
किर्तिपुर नगरपालीका मच्छेगाँउ वडा नं ४ स्थित कृष्ण वहादुर क्षेत्रीको साढे चार तल्लाको घरको पहिलो तल्लामा नारायण श्रेष्ठ र ईन्द्र बहादुर श्रेष्ठले भाडामा लिएको २ वटा कोठाबाट नेपाली नक्कली नोट छाप्ने मेसिन, नेपाली नक्कली नोट र सोको लागि प्रयोग हुने सामाग्री सहित पक्राउ गरिएको हो ।
साथमा नक्कली नोट ३ लाख ७० हजारका साथै नोट बनाउन प्रयोग गरिने छपाई मेसिन, मसी र पेपर लगायतका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ ।

Leave a Reply