आन्तरिक पर्यटकले भरियो पोखरा
–वासुदेव पौडेल
पोखराका तालतलैया, गुफा, धार्मिकस्थल जहाँतही यतिखेर आन्तरिक पर्यटकको निकै चाप देखिएको छ । फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्न पर्यटक लालायित देखिन्छन् ।
पोखरामा विशेषतः सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय अत्याधिक पर्यटक आउने याम हो । त्यस्तै मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समयले पनि पर्यटकलाई पोखरामा लोभ्याउने गर्दछ ।
दशैंँको समयमा कार्यालयमा हुने बिदाका साथै घटस्थापनादेखि कोजाग्रतसम्म नै शैक्षिक संस्था बन्द हुने भएका कारण यसअवधिमा अत्याधिक आन्तरिक पर्यटक आउने गरेको पोखरा पर्यटन परिषद्का कोषाध्यक्ष एवम् होटल हेल्लो इन खहरेका सञ्चालक तारानाथ पहारीले जानकारी दिनुभयो ।
“पोखराका होटेल यतिखेर आन्तरिक पर्यटकले भरिएका छन्,” उहाँले भन्नुभयो, “दशैँको भोलिपल्ट त लेकसाइडमा पर्यटकले कोठा पाउनसमेत मुस्किल थियो, त्यसयता पनि होटेल पाहुनाले भरिभराउ छन् ।”
सेप्टेम्बरदेखि डिसेम्बरसम्म पद्यात्रा र पर्वतीय पर्यटनका लागि विदेशी पर्यटक आउने गर्दछन् । विश्वकै उत्कृष्ट १० वटा पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकका कारण पनि यहाँ पर्यटकको चहलपहल हुन्छ ।
पोखराबाट मनाङ तथा मुस्ताङमा पद्यात्रा जानेको क्रम पनि निकै बढिरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापाले जानकारी दिनुभयो । “पछिल्लो समयमा पद्यात्रा पर्यटनमा विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकको चासो उत्तिकै बढ्दै गएको पाइन्छ,” उहाँले भन्नुभयो, “यतिखेर पोखराका साथै मनाङ, मुस्ताङका विभिन्न स्थानमा पनि घुमफिर र पदयात्रा गर्ने आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।”
दशैंँ तिहारजस्ता चाडबाडका कारण पर्यटन बजार चलायमान हुने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । पछिल्लो समय नेपालीहरूमा घुमफिर संस्कृति बढ्दै गएको बताउँदै उहाँले दशैँ तिहारको यो समय पदयात्राको लक्ष्यका साथ विदेशी पर्यटक पनि ठूलो सङ्ख्यामा आउने गरेको जानकारी दिनुभयो । विभिन्न देशबाट नेपाल आउने विदेशी पर्यटकमध्ये लगभग ३० प्रतिशत पोखरा आउने गर्दछन् ।
विसं २०७२ सालको भूकम्पले प्रभावित नेपालको पर्यटन गतवर्ष यता पुनः पूर्ववत् अवस्थामा फर्कदै उक्त सङ्ख्यामा वृद्धि भएको छ । प्रबन्धक थपलियाका अनुसार सन् २०१५ मा जम्मा पाँच लाख ३९ हजार विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०१६ मा सो सङ्ख्या सात लाख ५८ हजार पुगेको थियो ।
विसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएको उहाँले जानकारी दिनुभयो । यो तथ्याङ्क हवाई मार्गबाट आएका पर्यटकको भएको जानकारी दिँदै थपलियाले यसमा स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या भने समावेश नभएको उल्लेख गर्नुभयो ।
दशँैंका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवम् बोनस दिने गरेका कारण अधिकांशले यसको उपयोग घुमफिरमा खर्चने गरेका छन् ।
आन्तरिक पर्यटकको पहिलो रोजाइँ पोखरा पर्ने भएकोले अधिकांशले दुई देखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ«े हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गरी तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङ्कोट, विश्वशान्ति स्तुपलगायतका स्थान पुग्ने गर्दछन् ।
पोखराको तालबाराहीसहित विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीय स्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदे जस्ता तालले पनि पर्यटकलाई आकर्षित गरेका छन् ।
चलिरहेका
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
पाेखरा -१० का २ जना महिलामा काेराेना संक्रमण पुष्टि
-
रातको समयमा पौने नौ लाख बराबरको अबैध सामान पक्राउ
४ मंसिर २०७५, मंगलवार -
पोखराको लेकसाइडमा पुर्व झापाबाट भित्रीए केहि ब्यक्ति, स्थानीयमा त्रास
२९ बैशाख २०७७, सोमबार -
कास्कीको लेखनाथ सामुदायिक लायन्स अस्पतालमा एक महिलाको मृत्युु
२४ जेष्ठ २०७७, शनिबार -
कास्कीकाे रुपाका २ जनामा काेराेना संक्रमण, कास्कीमा काेराेना संक्रमितकाे संख्या ४ पुग्याे
२४ जेष्ठ २०७७, शनिबार
-
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
११ चैत्र २०७९, शनिबार -
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
८ चैत्र २०७९, बुधबार -
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
८ चैत्र २०७९, बुधबार -
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
७ चैत्र २०७९, मंगलवार
-
कञ्चनपुर प्रकरण : गृहमन्त्रीसँग दुई घण्टा वार्तापछि फेरि काममा फर्किए केसी
२८ भाद्र २०७५, बिहीबार -
रेन्डी विलियम बेरी नेपालका लागि नयाँ अमेरिकी राजदूत
२७ भाद्र २०७५, बुधबार -
मन्त्री र सचिवलाई प्रधानमन्त्री ओलीको प्रश्न : ‘एउटै योजना ३० वर्षमा पनि किन सकिएन ?’
२७ भाद्र २०७५, बुधबार -
आसाममा ५.५ रिक्टरस्केलको भूकम्प, नेपालसम्म धक्का
२७ भाद्र २०७५, बुधबार
You may also like
सिकेको इलमलाई व्यवहारमा उतार्नु पर्छ ः उपप्रमुख गुरुङ
पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन […]
रानीमहलसहित पाल्पाको विविध झल्काे दिने पाल्पा हाउस पाेखरामा
पोखरा । पोखरामा पाल्पाको झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा आउने भएको छ । पाल्पाबाट पोखरा आई बसोबास गर्ने पाल्पालीहरुको साझा संस्था पाल्पाली समाज पोखराले पोखराको न्यूरोडमा मायाको प्रतीक रानी महल सहित पाल्पाको विविध झल्को दिने ‘पाल्पा हाउस’ सञ्चालनमा ल्याउन लागेको हो । पाल्पा र कास्कीमा उत्पादित माैलिक उत्पादन तथा साँस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उदेश्यले […]
गण्डकी बहु–प्राविधिक शिक्षालय संचालन समितिमा सरस्वती,छत्रधर र नारायण मनोनित
पोखरा ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी को साझेदारीमा पोखरा महानगरपालिका बाट संचालित गण्डकी बहु–प्राविधिक शिक्षालयको संचालक समितिमा रिक्त सदस्यहरुको पद पुर्ती गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा सोमबार बसेको गण्डकी बहु–प्राविधिक शिक्षालय संचालक समितिको १९ औं बैठकले बिभिन्न क्षेत्रको प्रतिनिधित्व ह’ने गरि तीन जना सदस्य मनोनित गरेको हो । बैठकले […]
११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सहयोग गर्ने
हेमजा । यही चैत्र २६ गतेदेखि बैशाख ३ गतेसम्म हुन गइरहेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका आमा समूहले सक्दो सहयोग गर्ने भएका छन् । मूल आयोजक समितिले मंगलवार राखेको आमा समुहको भेलामा कामधेनु महिला कृषक समूहको प्रतिनिधित्व गर्दै पार्वती बानियाँ, तिब्रेकोट आमा समुहको उषा कुँवर , शृजनशिल मिलन आमा समूहको मिना कुँवर, […]
अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा बराल
पोखरा। अनलाइन पत्रकार संघ गण्डकीको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् । संघको सोमबार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष समेत रहेका बराललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा सन्तोष बस्याल , सचिवमा प्रल्हादचन्द्र घिमिरे , कोषाध्यक्ष चन्द्रिका घिमिरे अनिता चयन भए । संघको सदस्यहरुमा निरज बसौला ऋषिराम दाहाल […]
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति उपाध्यक्ष सोनी शर्मालाई पितृशोक परेको छ । उहाँका पिता चन्द्रप्रसाद पन्थको ८४ वर्षको उमेरमा सोमबार विहान ५ बजे व्यास नगरपालिका वडा नम्बर १४ छाब्दीबराह स्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि दमबाट पीडित हुनुन्थ्यो । पन्थले तनहुँ जिल्लामा शिक्षा क्षेत्र, समाज सेवा र धार्मिक क्षेत्रमा […]
पोखरा र घोराही उपमहानगरवीच अनुभव आदान प्रदान
पोखरा ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र […]
प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड
पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत हुनुभएको छ ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत हुनुभयो । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा(माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार […]
राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली […]
रेवान कप टेनिस उपाधीका लागि राजन र नविन भिड्ने
कास्की । राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६–३, ६–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । […]
Leave a Reply
You must be logged in to post a comment.