नेपाल तरुणदल पाल्पाले विरामीहरुलाई फलफूल तथा जुस वितरण गरि स्थापना दिवस मनायो

१० कार्तिक २०७५, शनिबार

रामचन्द्र रायमाझी पाल्पा,  नेपाल तरुणदल पाल्पाले  आफ्नो ६५ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । स्थापना दिवसको अवसर पारेर नेपाल तरुणदल जिल्ला कार्य समिति र तानसेन नगर कार्यसमितिले संयुक्त रुपमा मुलुकमा प्रजातन्त्र प्राप्तीका लागि आहुती गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरुलाई स्मरण गर्दै जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल तथा जुस वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस पार्टी सचिव अजयमान कर्मचार्यले मुलुकको परिवर्तनमा तरुणहरुको महत्वपूर्ण भूमिका रहेको बताए । उनले मुलुकमा तरुण विना समृद्धी र विकासको कल्पना नै गर्न नसकिने भन्दै जस्तो सुकै परिस्थितिमा पनि तरुणको सहभागिता आवश्यक रहेको औल्याए । सचिव कर्मचार्यले तरुणदल आन्दोलनको मोर्चामा सधै अग्रपंक्तिमा रहेको बताए । त्यस्तै नेपाली काँग्रेसका नेता राजेन्द्र गोपालसिंले मुलुकको विषम परिस्थितिमा नेपाल तरुणदलले खेलेको भूमिकाको चर्चा गर्दै देशको आर्थिक सम्वृद्धि गर्ने जिम्मेवारी अब युवाहरुको काधमा आएको बताए । नेतासिंले देशमा पादरर्शी र शुसासनका लागि त्यसको नेतृत्व नेपाल तरुणदलले लिनु पर्ने धारण व्यक्त गरे । साथै उनले आर्थिक क्रान्ति विना राजनीतक क्रान्ति असम्भवन भएकाले विपि कोइरालाले २०१० कार्तिक १० मा आर्थिक क्रान्ति गर्ने उद्देश्यका साथ तरुण दलको स्थापना गरेकाले उद्देश्य पुरा गर्न तरुणदल लाग्नु पर्ने बताए । नेपाल तरुणदलका जिल्ला सभापति मेजरसिं केसीले कांग्रेसले आत्मसाथ गरेको समाजबाद स्थापनाका लागि तरुण दलले सकेको योगदान गर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु विधान श्रेष्ठ, शिवचन्द्र खनाल, नेपाली काँगे्रसका जिल्ला सदस्य दल बहादुर राजपुत, विद्यार्थी विभागका प्रमुख सचिन विष्ट, लगाएतले बोलेका थिए ।लफलफूल पाए पछि अस्पतालका विरामीहरु उत्साहित देखिएका थिए । तरुणदलका युवाहरुले फलफुल दिएपछि ज्वरो आएर अस्पताल भर्ना भएकी अर्घाखाँची चिदिकाकी ७१ वर्षीय ज्ञानुकला कुमालले घरमा साहारा दिने कोही नभए पनि मनकारी व्यक्तिहरु भएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै अर्को विरामी रामपुरका कविलदेव पौडेलले गरिब, असाहय, विरामी र वृद्वाको सम्मान गरेकोमा तरुणदललाई धन्यवाद दिए ।

Leave a Reply