काठमाडौँ रोएल्सको पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात

१० कार्तिक २०७५, शनिबार

भारतीय खेलाडी गौरव तोमरले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँ रोएल्सले पोखरा प्रिमियर लिग पीपीएलमा विजयी सुरुवात गरेको छ ।
ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै २ अंक जोडेको छ ।
सबैले एक(एक खेल खेलिसक्कदा घरेलु टोली पोखरा पल्टन र बुटवल ब्लास्टर्सले पनि २ अंक जोडिसकेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
नरेश बुढाऐरले २४ बल खेल्दै समान २ छक्का र चौका प्रहार गर्दै नटआउट २८ रन जोडे। जयकिशन कोल्सावालाले २५ रन जोडे।
धनगढीका दीपेन्द्रसिंह ऐरी, सागर ढकाल र पिटर डेबिड ट्रिगोले १÷१ विकेट लिए ।
धनगढीका लागि कप्तान दीपेन्द्रले अर्धशतकिय पारी खेले पनि जित दिलाउन सकेनन् ।
धनगढीले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।
दीपेन्द्रले सर्वाधिक ५४ रन बनाए । सन्दीप जोरनले २७ रन जोडे।
काठमाडौँका अमर सिंह राउटेला, बसन्त रेग्मी र सुशन भारीले २÷२ विकेट लिए ।
आजै भएको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।
१३६ रनको लक्ष्य पछ्याएको चितवन १६ दशमलब ५ ओभरमा ६५ रनमा अलआउट भयो ।
चितवन राइनोजका कोहि पनि ब्याट्सम्यान क्रिजमा जम्न सकेनन् ।
यसअघि बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा  ६ विकेटको क्षतिमा १३५ रन जोडेको थियो ।
बुटवलका लागि सागर पुनले ४६ रन , शंकर रानाले ४८ रन र सिद्धान्त लोहनीले १७ रनको योगदान गरे । कप्तान सोमपाल कामी ६ रनमा नटआउट रहे । चितवनका लागि करन केसिले दुई विकेट र शक्ति गोचनले एक विकेट लिए ।

Leave a Reply