ओलीको स्वास्थ्य बुझ्न प्रचण्ड सहित नेकपाका नेता ,कार्यकर्ता र अन्य दलका नेताहरु अस्पतालमा

१२ कार्तिक २०७५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बुझ्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  सहित नेकपाका नेता तथा कार्यकर्तासंगै अन्य दलका नेताहरु यतिबेला अस्पताल पुगेका छन् ।
अस्पतालका डाक्टर अरुण सायमीका अनुसार सोमबार बिहान ९ बजेमात्रै ओलीको स्वास्थ्यबारे अस्पतालले जानकारी गराउने बताए ।

स्वास्थ्यमा सुधार नभएपछि उनी सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।
एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ । उनको अहिले मनमोहन कार्डियो सेन्टरको आइसीयुमा उपचार भइरहेको छ ।

Leave a Reply