पेट्रोलियम पदार्थमा घाटा, निगमले छठसम्म भाउ नबढाउने

१२ कार्तिक २०७५, सोमबार

पेट्रोलियम पदार्थमा घाटा बढ्दै गए पनि नेपाल आयल निगमले छठसम्म भाउ नबढाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको निर्देशनमा भाउ नबढाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । अहिले निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ५० पैसा र डिजलमा ९ रुपैयाँ ३२ पैसा घाटा रहेको छ । यस्तै एलपीजी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रुपैयाँ ७३ पैसा घाटा रहेको छ ।
भारतीय आयल कर्पोरेशन आईओसीले पठाएको मूल्यअनुसार नेपालमा मूल्य समायोजना नहुँदा निगमलाई मासिक २ अर्ब ८ करोड घाटा हुने प्रक्षेपण छ । २०७१ सालको असोजमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भए पनि राजनितिक दबाबमा निगमले स्वचालित मुल्य प्रणाली पुर्ण रुपमा लागु गर्न नसकेको छैन । अहिले भारतको रक्सौलमा भन्दा नेपालमा पेट्रोल २३ रुपैयाँ ७८ पैसा र डिजल २२ रुपैँया ५ पैसा सस्तो रहेको छ ।

Leave a Reply