पेन्टाथोलनमा नेपाललाई दुई कास्य पदक 

१४ कार्तिक २०७५, बुधबार

इजिप्टमा सम्पन्न पेन्टाथोलन (पाँच खेलको एउटा सङ्गठन)को वल्र्ड च्याम्पियनपिपमा नेपाल दुई कास्य पदक ल्याउन सफल भएको छ । यही कात्तिक ८ देखि ११ गतेसम्म इजिप्टमा सम्पन्न उक्त प्रतियोगितामा यू–१९ उमेर समूहको मिक्स रिले (सुटिङ, पौडी र दौड इभेन्ट) मा नेपालका राहुल दर्शन र सलोनी लामाको जोडीले कास्य पदक जितेको सङ्घका उपमहासचिव इन्दिरा निरौलाले जानकारी दिनुभयो ।

सो समूहमा कजाकिस्तानले स्वर्ण र भारतले रजत जितेका छन् । नेपाल रहेको समूहमा कजाकिस्तान, भारत, बेलायत, इजिप्ट र जर्मनी थिए । पदक जितेर खेलाडी नेपाल आएपछि मात्रै यो प्राप्त भएको हो । नेपाली टोली मङ्लबार राति काठमाडौँ आइपुगेको निरौलाले जानकारी दिनुभयो ।


प्रतियोगितामा नेपालबाट विभिन्न उमेर समूहका पाँच खेलाडीले सहभागिता जनाएका थिए । त्यसैगरी मुख्य प्रशिक्षकमा राजु दर्शन, सहायक प्रशिक्षकमा सुन्दर प्रजापति, टोली व्यवस्थापकमा भीम सुवेदी र अधिकृतमा रितेश श्रेष्ठको सहभागिता थियो । च्याम्पियनसिपमा विश्वभरका ३०० खेलाडीको सहभागिता थियो । ती खेलाडीलाई २४ समूहमा विभागजन गरी खेलाइएको थियो ।

Leave a Reply