पिपिएलमा विराटनगर र चितवनको पहिलो जीत

१४ कार्तिक २०७५, बुधबार

 पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा विराटनगर टाइटन्स र चितवन राइनोज विजयी हुँदै प्रतियोगितामा पहिलो जीत दर्ता गराएका छन् ।

कात्तिक ९ गतेदेखि जारी प्रतियोगितामा चार खेल खेलिसकेको विराटनगर शीर्षस्थानको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो जीत दर्ता गराउन सफल भएको छ । यसअघिका दुई खेल गुमाएको चितवन राइनोजले पनि एक्सपर्ट धनगढी ब्लुजलाई १२६ रनको विशाल अन्तरले हराएर अङ्कतालिकामा दुई अङ्क जोड्न सफल भयो ।

ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8Lx?
kf]v/f lk|ldo/ lnu 6L @) lqms]6 k|ltof]lutfdf lj/f6gu/ 6fO6G; / a’6jn Anf:6;{ aLrsf] v]ndf ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8L . tl:a/M /f]zg ;fksf]6f, /f;;

टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनायो । जीतका लागि १४१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको बुटवलले पूरै ओभर खेल्दै १२८ रनमात्र जोड्यो ।

बुटवललाई लक्ष्य भेट्टाउन अन्तिम ओभरमा १३ रन चाहिएकामा विराटनगरका बलर किशोर महतोले मेडन ओभर बनाउँदै टोलीलाई पहिलो जीत दिलाउन महत्वपूर्ण भूमिका निभाए । उनले दुई विकेट पनि लिएका थिए । विराटनगरका लागि मुहम्मद आलम एक्लैले ७२ रन जोडेका दिए । ४५ बल सामना गरेका आलमले छ चौका र पाँच छक्का प्रहार गरे ।

ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8Lx?
kf]v/f lk|ldo/ lnu 6L @) lqms]6 k|ltof]lutfdf lj/f6gu/ 6fO6G; / a’6jn Anf:6;{ aLrsf] v]ndf ljhoLkl5 lj/f6gu/ 6fO6G;sf v]nf8L . tl:a/M /f]zg ;fksf]6f, /f;;

आजको पहिलो खेलमा चितवन राइनोजले निर्धारित २० ओभरमा पाँच विकेटको गुमाउँदै १९३ रन जोडेको थियो । १९४ रनको विजयी लक्ष्यसहित प्रतिउत्तरमा उत्रिएको धनगढीले १६ ओभरको दोस्रो बलमा अलआउट हुँदै मात्र ६७ रनमा समेटियो ।

पारस खड्काको कप्तानीमा हरेको चितवनलाई पहिलो जीत दिलाउन हरिशङ्कर साहले सर्वाधिक ५३ रनको अर्धशतकीय योगदान गरे । उनले ३३ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै टोलीलाई जीत दिलाए ।

Leave a Reply