साफ यू–१५ मा सेमिफाइलनका दुवै खेल बिहीबार

१४ कार्तिक २०७५, बुधबार

 

 साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलका दुवै खेल बिहीबार हुने भएका छन् ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा हुने पहिलो सेमिफाइनल समूह ‘ए’को विजेता बङ्गलादेश र समूह ‘बी’को उपविजेता भारतबीच बिहान १०ः३० बजे हुनेछ । दोस्रो सेमिफाइनल समूह ‘बी’ को विजेता पाकिस्तान र समूह ‘ए’ को उपविजेता नेपालबीच अपराह्न २ः३० बजे हुने एन्फाले जनाएको छ ।

समूह चरणमा एक हार र एक जीत निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । भारत पनि सोही नतिजाका साथ सेमिफाइनल पुगेको हो भने पाकिस्तान र बङ्गलादेश समूह चरणका दुवै खेल जित्दै सेमिफाइनल प्रवेश गरेका हुन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाएका छन् । भुटान र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिइसकेका छन् ।

सन् २०१३ देखि आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको थियो । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । प्रतियोगिताका चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो । यसअघि भएका तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेको थियो ।

Leave a Reply