नेपाल मजदूर संघ ट्याक्सी इकाई वसपार्क उपसमिति गठन

0
928

पोखरा १६, असोज  नेपाल मजदूर संघ ट्याक्सी इकाई वसपार्क उपसमितिको मंगलवार सम्पन्न भेलाले श्रीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति गठन गरेको छ । नेपाल यातायात मजदुर संघ जिल्ला कार्यसमिति कास्कीको आयोजनामा मंगलवार पोखरामा भएको भेलाले सो समिति गठन गरेको हो । समितिको सहसंयोजकमा हीरावहादुर गुरुङ, सचिवमा रमेश मगराती, सहसचिवमा अशोक मगर, कोषाध्यक्षमा शम्शेर तामाङ चयन भएका छन् । समितिको सदस्यहरुमा रामवहादुर नेपाली, खेमवहादुर गुरुङ, बुद्धिवहादुर नेपाली, मीनवहादुर नेपाली, टंक गुरुङ र सञ्जय नेपाली चयन भएका छन् । यसअघि भेलालाई सम्वोधन गर्दै नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश संयोजक मुरारी शर्माले लोकतन्त्रवादी मजदुरहरु एक हुने वेला आएको वताए । उनले मजदुर एक भएमात्र आफ्ना अधिकारको लागि लड्न सकिने धारणा व्यक्त गरे । नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष विजयराज भण्डारीले देशको वर्तमान अवस्थामा मजदुरहरु गोलवन्ध हुनुको विकल्प नभएको वताए । नेपाल यातायात मजदुर संघ कास्कीका अध्यक्ष दामोदर पण्डीतको अध्यक्षतामा भएको कार्यक्रममा मजदूर संघ प्रदेश संयोजक किरणवावु पन्त, नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य कमल पौडेल अथक, शुबवहादुर थापा र शिव गिरीले आ आफ्ना भनाई राखेका थिए । सो अवसरमा संस्थाले घाइते मजदुर सहचालक हुकुम सुनारलाई पाँच हजारको चेक सहयोग स्वरुप हस्तान्तरण गरिएको थियो ।