नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रदेश सभा सञ्चालन हुन सकेन ।

१६ आश्विन २०७५, मंगलवार

 

प्रदेश नम्बर ७ को  मंगलबार बस्ने बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रदेश सभा सञ्चालन हुन सकेन ।
आइतबार बसेको सात नम्बर प्रदेशको  सभा बैठकमा तोकिएको  स्थायी राजधानीका बिषयमा असहमति जनाउँदै प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले नाराबाजी गरेपछि  बैठक सञ्चालन हुन नसकेको हो ।
मंगलबार  दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको प्रदेश सभाको बैठक  दिउँसो सांसद १ बजे सभा भवन भित्र पुगे पनि प्रतिपक्षले अवरोध गर्ने संकेत पाएपछि सहमतिका लागि भन्दै ३ बजे सारिएको सचिवालयले सुचना टाँस गरेको थियो  । त्यस बिचमा प्रतिपक्षी दल र सत्तापक्ष बीच  सहमतिका लागि सभामुखले प्रयास गरे पनि सहमति जुटेन सकेन ।
दिउँसो ३ बजे फेरी सचिवालयले अर्को सुचना टाँस गरि असोज १७ गते बुधबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराइयो ।  असोज १२ गते शुक्रबारको प्रदेश सभा बैठकले दुई तिहाईका आधारमा ७ नंम्बर प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरी र नाम सुदूरपशिचम निर्णय गरेको थियो ।
त्यस दिनको बैठक प्रतिपक्षी कांग्रेस र राजपाले बहिस्कार गरेको थियो ।   प्रतिपक्षले बहिस्कार गरेपनि सभामुखले बैठकको प्रकृया अघि बढाई दुई तिहाईका साथ स्थायी राजधानी र नाम घोषणा गरेका थिए । प्रतिपक्ष दलले एक जना प्रतिपक्षी पनि सहभागि नभएको संसद बैठक लोकतान्त्रीक मुल्य मान्यता बिपरित रहेकोले त्यो निर्णय नमान्ने भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको छ ।
स्थायी राजधानी धनगढीबाट नजिकै रहेको मानव बस्ती नभएको जंगल गोदावरीमा सारेको भन्दै धनगढीका स्थानीय पनि आन्दोलनमा छन् । धनगढीका स्थानीयले दुई दिन आम हडताल समेत गरेका थिए । अहिले चाडबाड आएको भन्दै आमहडताल स्थगित गरेका छन् ।

Leave a Reply