डोटीमा ७४ बर्षीया बृद्धा बलात्कृत ,

१७ आश्विन २०७५, बुधबार

डोटी । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा उनलाइ धामीले बलात्कार गरेका थिए । पीडित महिला चिच्याएको आवाज सुनेपछि घटनास्थलतर्फ गएका स्थानीयवासीले धामीलाइ नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।

समाजमा नाबालक बच्ची देखि जेष्ठ नागरिक महिला सम्म  बलात्कार को शिकार हुने क्रम दिनानुदिन बढिरहेका कारण आम नागरिक त्रसित मानसिकतामा  बाँच्न बिबश छन । सरकारले कंचनपुरका  निर्मला  हत्याका अपराधीलाइ कानुनी दायरामा ल्याउन नसक्दा अपराधीको मनोबल बढेको बलत्कार बिरुद्धका अभियान्ताहरु बताउछन ।

Leave a Reply