समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइए

१७ आश्विन २०७५, बुधबार


धनगढी । प्रदेश सभाले ७ नम्बर प्रदेशको राजधानी कैलालीको गोदावरी स्थित चुरेको फेद तेघरीमा तोके पछि अन्तर्राष्ट्रिय जैविक मार्गसमेत रहेको उक्त स्थान राजधानीका निम्ति उचित नहुने आशयका समाचार लेखे बापत बुधबार अत्तरिया बजारमा राष्ट्रिय अखबार जलाइएका छन्  । राष्ट्रिय दैनिक कान्तिपुर , नागरिक र अन्नपूर्ण पोष्ट लगायतका दैनिक अखबार अत्तरीया बजारमा अपराधिक मानसिकता भएको एक समुहले बिहान जलाएको हो ।
‘बाघ हिड्ने बाटोमा राजधानी’ र चुरे संरक्षणमा तेघरी वन महत्वपुर्ण रहेकाले प्रदेश राजधानी उक्त स्थानमा उचित नहुने तर्कको समाचार प्रकाशन गर्दै आएको भन्दै पत्रिका जलाएको उनीहरुले बताएका छन ।
प्रदेश राजधानी गोदावारीको तेघरीस्थित जंगलमा बनाउन नहुने बहस र चर्चा चलिरहेकै अबस्थामा ठुला मिडियाहरुले उक्त बिषय कभरेज गरे पश्चात्  पराजित मानसिकता बोकेका कायर्हरुको एक झुन्डले अखबार जलाउने काम सुरु गरेका छन् ।
प्रदेशको राजधानी तेघरी जंगल बाहेकको अन्य बिकल्प खोजिनु पर्ने तर्क र बहस चुलिएका बेला राष्ट्रिय दैनिक अखबार जलाउने घटनाले प्रदेश सभाले तेघरी जंगलमा राजधानी तोक्नुको रहस्य छताछुल्ल पारी दिएको छ ।
प्रेस स्वतन्त्रता माथी नियन्त्रण र धरपकड का घटनामा संलग्न अपराधीहरुमाथि अबिलम्ब कारवाहीको माग  सर्बत्र गरिन थालेको छ ।

Leave a Reply