२० बर्षीया युबती बलात्कृत

१८ आश्विन २०७५, बिहीबार

कपिलबस्तुको शिबराज नगरपालिका लालपुरमा २० बर्षीया युबती बलात्कृत भएकी छन ।राती करिब ९ बजेको समयमा घर पछाडि खेतमा लगेर बलात्कार गरेको पारिवारिक श्रोतले जनाएको छ ।स्थानिय बर्ष ५१ का जयफ उल्ला गद्यीले युबतीलाइ  मुख छोपेर लगेको र बर्ष २१ का रहेमान गद्यीले बलात्कार गरेको इलाका प्रहरी कार्यलय चन्द्रौटामा दर्ता गरेको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।उनीहरु दुबैको खोजी कार्य तिब्र पारिएको इलाका प्रहरी कार्यलय चन्द्रौटाका निमित्त प्रहरी निरिक्षक ज्ञानेन्द्र सिंह चौधरीले बताए।

Leave a Reply