यत्रो समृद्धिको कुरा भइरहेको बेला त्यस्ता जाबा निर्मलाहरुको कुरा गर्नुहुन्छ डा बसन्त गौतम

२२ आश्विन २०७५, सोमबार

को निर्मला ?
के निर्मला ?
के बलात्कार ?
कुन हत्या ?
खोई निर्मला ?
उसैले बोल्नु पर्दैन ?
बलात्कार भएको देख्ने को छ ?
हत्या भए लाश खै त्यसै हावामा कराएर हुन्छ ?
यत्रो समृद्धिको कुरा भइरहेको बेला त्यस्ता जाबा निर्मलाहरुको कुरा गर्नुहुन्छ ?
यत्रा पानीजहाज र रेल ल्याउने कुरा छ दुइ चार बलात्कार र हत्याले के हुन्छ ?
को हुन् जाबा निर्मलाहरु ?
यत्रो समृद्धिको कुरा छ
यत्रा पानीजहाज र रेलको कुरा छ समृद्धिको यस्तो शुभ साइतुमा दुइ चार निर्मला लुटिएर के हुन्छ?
दुइ चार निर्मला मारिएर के हुन्छ ?
को निर्मला ?
कुन निर्मला ?
के बलात्कार ?
कुन हत्या ?
सर्जक निर्मलाका निम्ति न्यायका अभियान्ता हुनुहुन्छ ।

Leave a Reply